साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म साहु हो

थचक्क बस्यो मुडामा हात पुप्रोमा यादमा डुल्न थाल्यो न आफ्नो सरकार न बस्, न सानो कार हिड, चल आखिर जानू त छ नै कोहलपुरदेखि काठमाडौं ! यात्रा सररर....!

Nepal Telecom ad

हो, म पक्का साहु हो
बस मेरो हो
पैसा मेरो हो
मैले पैंसाले किनेको

मलाई के मतलव तिम्रो सजिलो अप्ठ्यारो
तिम्रो खुट्टा सुनियोस् वा घुँडा दुखोस्
तिम्रो टाउको दुखोस् वा मथिङ्गल हल्लियोस्
तिमी च्याप्पियोस् कि खुम्चियोस्
तिमीलाई भोमिट आवस् कि पखाला लागोस्
तिम्रो विमार सिमार मलाई के मतलव
मलाई पैसा चाहिन्छ
भाडा चाहिन्छ

सिट खोज्ने ? तिम्रो बस किन
आफ्नो बस आफै चढ
बस्छौ मुढामा नत्र उठेर
तिमीले खोजेको सिट कहाँ पाउछ
खोजेको सिट पाउन बस आफै किन्नुपर्छ

आफै हेलिकप्टरमा जाउन
प्लेन किन न
यो त मेरो, सिर्फ मेरो
मेरो स्वामित्व
मेरो नाममा दर्ता
तिमी जावो प्यासेन्जर को हो र
तिमी नगए अर्को जान्छ
ए… मोल तिर्नु हाड चुस्नु

सरकारको कुरा गर्छौ
छ, तिम्रो सरकारको बस
अँ, फुर्ति
यसमा नचढ्न
अर्को साहुको चढ्नु पर्छ
हाहाहा कुरो उही हो
बस् बस्

काठमाडौं पुग्ने त हो नि
के को सुविधा
के केको ए सि सेसी
पुग्नु छ नि
पुग्ने भए यो दशैंमा आएका मान्छेका लागि
हालेको अतिरिक्त बस हो
बस् है बस्

आफ्नो मुडो रोज
छुट्ला नि
ए मु.. मुडो ल्या त
ए राँडीको छोरो मुडो ल्या भनेको सुनिनस्
भाग्न थाल्यो मु..
हाहाहाहा जाने हो नि

थचक्क बस्यो मुडामा
हात पुप्रोमा
यादमा डुल्न थाल्यो
न आफ्नो सरकार
न बस्, न सानो कार
हिड, चल आखिर जानू त छ नै
कोहलपुरदेखि काठमाडौं !
यात्रा सररर….!

०००
कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घोल

घोल

शिवप्रसाद जैशी
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x