डा. लोकेन्द्रप्रसाद पौड्यालफाइदामुखी नेता
आलोपालो उत्तर-दक्षिण सास फेर्न जान्ने परदेशीले भन्या मान्ने स्वदेशी नमान्ने मतियारका सल्लाह मान्ने बाँकी टाढा ठान्ने निणर्यमा चुुक्दा पनि आफ्नो दोष नठान्ने ।

फाइदामुखी नेता हाम्रा धेरै कुरा जान्ने
नजानेेको कुरा पनि जानेको झैं ठान्ने
पार्टीभित्र् गुुट बनाउँदै अवसरहरू छान्ने
आफ्नो लागि कुुर्सी माग्न रति धक नमान्ने
पद रुङ्ने चालबाजीमा देश-बिदेश तान्ने
परिस्थिति सम्याउन अनेकथरी जान्ने
आलोपालो उत्तर-दक्षिण सास फेर्न जान्ने
परदेशीले भन्या मान्ने स्वदेशी नमान्ने
मतियारका सल्लाह मान्ने बाँकी टाढा ठान्ने
निणर्यमा चुुक्दा पनि आफ्नो दोष नठान्ने ।।
०००
अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































