अप्सरा सुनारसिकार गर्दै हुनुहुन्छ
दुश्मनलाई मुस्कान, प्रहार गर्दागर्दा थाकेकाहरू बाहरू त अपराधी भ्रष्टाचारी नाङ्लोमा राखेर लासहरूको व्यापार गरिरहनुहुन्छ शोषण सिर्जित पीडाहरूको सिकार गर्नुहुन्छ ।

बाँचिरहेका आहारहरू
अब जालमा फस्ने तयारी गर्दैगर्नु है
व्यापारको पासो लगाएर व्यवसायमा झुन्डिने हो कि
नङ्ग्याएर अस्तित्वलाई पाइलै पिच्छे लुटिने पो हो कि
उहाँलाई चैन मात्रै हामीलाई ऐन
जवान युवाहरू भागदौड
यो देश तिम्रो हुँदै होइन
नातावाद, कृपावाद, ठालुवाद र भेदभा
यो वादहरूको देश हो
संसदको झोलीमा वाद भर्दै हुनुहुन्छ
जनता तिमी त आहार हौ, सिकार हौ
हेर त सिकारीहरू सिकार गर्दै हुनुहुन्छ ।
कहिले बन्दुक पड्काएर
कहिले गुलेलीमा मट्याङ्ग्रा सड्काएर
कहिले अपराधी लुकाएर
कहिले साँढे अनि गधा फुकाएर
जनतालाई गोरु बनाएर जोत्नुहुन्छ
सम्भावनालाई ओझेल पार्न शक्ति घोट्दै हुनुहुन्छ
छुवाछूत विभेद हट्नु हुँदैन
जनताको खटनमा खट्नुहुँदैन
खै को जल्यो संसदको अगाडि
कानो खोरन्डो बहिरो झै सरकार चुपचाप चल्नुपर्छ
किन बुझ्दैनौ आहार हुन
जनता अझ धेरै जल्नुपर्छ
राष्ट्रका अभिभावक नै दुस्मन भए जस्तो
दुश्मनलाई मुस्कान, प्रहार गर्दागर्दा थाकेकाहरू
बाहरू त अपराधी भ्रष्टाचारी नाङ्लोमा राखेर
लासहरूको व्यापार गरिरहनुहुन्छ
शोषण सिर्जित पीडाहरूको सिकार गर्नुहुन्छ
यता जिउँदो सासमात्रै बाँकी भएका
पीडितहरू बाँचिरहेछन्,
मुर्कुटाहरू नाचिरहेछन्
उता संसदमा खित्का छाड्दै
सिकारीहरू हाँसिरहेछन् ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































