साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पागल बस्ती

हनुमानले लङ्का जलाएझै पागल वस्तीहरू जलाउने छु, छद्मभेषी गणराज्य ढाल्नेछु हत्यारा र डनहरूलाई फोहरका डङ्गुरमा फाल्नेछु, एउटा न्यायप्रेमी व्यवस्थाको जग हाल्नेछु आमा, म तिमीलाई इज्जतले पाल्नेछु ।

Nepal Telecom ad

धर्तीमाथि सिमाना बाँधेर
जाति, भाषा, धर्म र लिङ्गको राज्य कायम गरेर
घर-घरमा पर्खाल ठड्याएर
तेरो र मेरोको युद्ध लडिरहेका
पागलहरूको वस्तीमा
म हराइरहेको छु, आमा !
आफ्नै पहिचानको खोजीमा छु ।

तिम्रो र मेरो संसारमा
सिमाना थिएन
दुर्ग, गढी वा कुनै छुट्टै पहिचान थिएन
महादेश, महासागर, राज्य जे भन
कि तिम्रो धुकधुकी थियो
कि मेरो संसार थियो
थिएन कुनै छेकबार ।

पागलहरूको वस्तीमा
न आमाको इज्जत छ
न दिदी बहिनीको अस्मिता सुरक्षित छ
न म जस्ता श्रमजिवीको मूल्य छ
छ त केवल,
गरिब, दलित र महिला भनेर हेपिएको
एउटा भोकको परिचय
सिर्फ एउटा अस्तित्वहिन मानिसको परिचय ।

पागलहरूको बस्तीमा
हत्यारा, ठेकेदार र डनहरूको शासन व्यस्था छ
ज्यानमारा मुख्यमन्त्री हुन्छ,
ठेकेदार सामाजिक विकास मन्त्री हुन्छ
डन गृहमन्त्री हुन्छ
उनीहरू,
बोल्न खोज्नेको जिब्रो थुत्छन्
चिच्याउँन खोज्नेको मुख थुन्छन्
हिँड्न खोज्नेको खुट्टा काट्छन्
हेर्न खोज्नेको आँखा फोर्छन्
यस्तो अत्याचारी व्यवस्थालाई
उनीहरूका भाष्यमा गणतन्त्र उर्फ लोकतन्त्र भनिदो रहेछ,
आमा, म पागलहरूको यो लोकतन्त्र सहन सक्दिन
रैती भएर बाँच्न सक्दिन ।

म तिम्रो कोख फोडेर धर्तीमा आएको मान्छे
अस्तित्व रक्षाका लागि लड्न सक्छु
पागलहरूको वस्तीमा आगो ओकल्न सक्छु,
अब म,
आँधी, बेरी, तुफान बनेर
प्रलय गराउने छु
भुकम्प बनेर तिनको व्यवस्था हल्लाउँने छु
विप्लव बनेर,
गरिब, महिला र दलितको व्यवस्था कायम गर्नेछु
हनुमानले लङ्का जलाएझै
पागल वस्तीहरू जलाउने छु,
छद्मभेषी गणराज्य ढाल्नेछु
हत्यारा र डनहरूलाई फोहरका डङ्गुरमा फाल्नेछु
एउटा न्यायप्रेमी व्यवस्थाको जग हाल्नेछु
आमा, म तिमीलाई इज्जतले पाल्नेछु ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x