साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौँडा पाप गर्दछ

हेटौंडाको निको चाल देखिएन कतै पनि, खुट्टा तान्नेहरू आऊ चुडाऊ तान कन्दनी । बाङ्गाटिङ्गा सबै जागौँ हेटौंडा तह लाउन, बेलैमा नसके तान्न पर्नेछ पछुताउन ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन

अचम्म लाग्छ हेटौंडा बन्ने इच्छा गर्‍यो मियो
पुरै देश समेटेर हाँस्यो बुरुक्क उफ्रियो
होचोमा बस्छ यो फेरि टाकुरोमा चढ्यो तर
यसरी अग्लिंदै माथि जान मिल्दैन मिल्छ र ?

यो आफै राजधानीको राजधानी भयो किन ?
बन्नुपर्ने नराम्रो हो राम्रो बन्दै गयो किन ?
पाहुना घरमा डाक्छ उच्च सम्मान गर्छ यो
गयो भने यसो गर्दै पक्कै खाडल पर्छ यो

खित्का छोडेर मान्छेका सामु हाँसो जगाउँछ
बाङ्गो लौरो उचालेर भ्रष्टलाई ठटाउँछ
बुढ्यौलीका कुरा सुन्न साह्रै धेर रुचाउँछ
बन्द हुन् यसका कान जस्तो लागेर आउँछ

असत्य नक्कली राम्रो हुन्छ भन्ने कुरा भुली
सत्य बाटो अँगालेर किन चढ्नु पर्‍यो चुली
साहित्यको भलो गर्छु भन्ने मान्छे रुचाउँछ
यो पाराले कताबाट उज्यालो दिन आउँछ ?

हेटौंडाको निको चाल देखिएन कतै पनि
खुट्टा तान्नेहरू आऊ चुडाऊ तान कन्दनी
बाङ्गाटिङ्गा सबै जागौँ हेटौंडा तह लाउन
बेलैमा नसके तान्न पर्नेछ पछुताउन

गर्नुपर्ने थियोे अल्छी जाँगरिलो भयो किन ?
हेटौँडा यसरी जाग्दा बेर लाग्दैन भासिन
ठट्टा गर्नेहरूलाई पुरस्कार दिलाउँछ
भ्रष्टभ्रष्ट जुटे बल्ल यसले चाल पाउँछ

गर्दैन यो घुस्याहाको मान सम्मान खै किन ?
भ्रष्टको खन्छ यो खेदो खोज्छ सुन्दर देखिन
चोर दलाल डाकाको सातोपुत्लो उडाउँछ
हेटौंडा पाप गर्दैछ उल्का लागेर आउँछ ।

०००
मोलुङ- ५ ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x