साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही ठोक्तकहरू

शासकसँग सधैँभरि अहङ्कारी गुण हुन्छ सत्तामा त जहिले पनि अत्याचारी गुण हुन्छ मजासँग टिक्छन् डगमग गर्ने कुर्सीहरू पनि जब सत्ता छेउमा धुपौरेको बफादारी गुण हुन्छ ।

Nepal Telecom ad

देवराज तिवारी

१.
तेल घोप्ट्याएपछि दियोका रूपमा जल्न जानु छ
तर्कका बलमा एकैछिन दुनियाँलाई छल्न जानु छ
म त ठुलै अभियन्ता पो हुँ चुप लागेर बस्न सक्दिनँ
आफूलाई उस्तै राखेर पनि समाज बदल्न जानु छ ।

२.
उहाँले त एउटा मदारी जस्तै भएर देश चलाउनुहुन्छ
गमला भिजाउने हजारी जस्तै भएर देश चलाउनुहुन्छ
थुप्रै फाँटहरू खाली छन् देशभरि त हरिया बगैँचा उमार्ने
कोसी तीरको बालुवाबारी जस्तै भएर देश चलाउनुहुन्छ ।

३.
अचेल महलमा बसेपछि भन्छन् कुकुरदेखि होसियार
गेटमा सिक्री कसेपछि भन्छन् कुकुरदेखि होसियार
बाहिर हुँदा मानिस भएर डुलेझैँ लाग्दथ्यो उनलाई त
लौ न घरभित्र पसेपछि भन्छन् कुकुरदेखि होसियार ।

४.
तिनीहरू लुट्नमै मस्त छन् जो तागत बटुलेर बसेका छन्
गुट उपगुटमै व्यस्त छन् जो तागत बटुलेर बसेका छन्
आफ्नै तालका डम्फू बजाउँछन् मौका मिलिहाल्यो भने
ढुकीढुकी डस्तछन् जो तागत बटुलेर बसेका छन् ।

५.
शासकसँग सधैँभरि अहङ्कारी गुण हुन्छ
सत्तामा त जहिले पनि अत्याचारी गुण हुन्छ
मजासँग टिक्छन् डगमग गर्ने कुर्सीहरू पनि
जब सत्ता छेउमा धुपौरेको बफादारी गुण हुन्छ ।

०००
बुटवल -११, कालिकानगर, रुपन्देही
हाल- हेटौँडा -४, मकवानपुर
मोबाइल नम्बर ९८४५४६०४००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाज लागेजस्तो

लाज लागेजस्तो

देवराज तिवारी
‘हुइयाँ’

‘हुइयाँ’

देवराज तिवारी
पाँच ठोक्तक

पाँच ठोक्तक

देवराज तिवारी
माथि पुग्नुस्

माथि पुग्नुस्

देवराज तिवारी
पाँच थान ठोक्तक

पाँच थान ठोक्तक

देवराज तिवारी
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x