साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जँड्याहा सच्चा राष्ट्रवादी

तर तपाईं थालभरी जुठो फ्याँक्न अलिक पनि नलजाउने जुठोवादी । अब तपाईं नै भन्नुस् को छन् यहाँ असल जिम्मेवार गर्न राष्ट्रमा बर्बादी । त्यसैले भन्छौं हामी, फुकाएर छाती “जँड्याहा... सच्चा राष्ट्रवादी ।”

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

जाँडको सौन्दर्य र सामर्थ्य जोगाउन,
ढुकुटीको कीर्तिमानी लक्ष्य पुर्‍याउन !
जाँडलाई हामीले होइन,
हामीलाई जाँडले खाँदा पनि
हामी जाँड दरबारका फरियादी ।
बजेटमा ट्याक्स थपिंदा
सबैले गर्छन् विरोध भएर उन्मादी ।
तर हामी जति कर थपिंदा पनि
किनिरहेका हुन्छौं लाइनमा लागी ।
त्यसैले भन्छौं हामी, फुकाएर छाती
“जँड्याहा… सच्चा राष्ट्रवादी ।”

स्वर्गको सोमरसका पृष्ठपोषक
जता पनि लगाउँछौं छलाङ ।
लाजलाई नै लाग्छ लाज
हामीलाई किन लाग्ने ?
जता परे पनि भ्वाङ ।
झापड, मुक्का, लात्ती
जति खाए पनि जाति
झन् लम्बिदैछौं दिनहुुँ हामी
जाँडमा लट्ठिएका ज्ञानमर्मज्ञ,
उदारमनाहरूको ताँती ।
त्यसैले भन्छौं हामी, फुकाएर छाती
“जँड्याहा.. सच्चा राष्ट्रवादी ।”

गिलासमा एक थोपा रहेसम्म,
उल्ट्याइ पुल्ट्याइ
सिध्याउछौं नढांटी
गिलासको फेदसम्म
जिब्रो पुर्‍याई चाटी-चाटी ।
तर तपाईं थालभरी जुठो फ्याँक्न
अलिक पनि नलजाउने जुठोवादी ।
अब तपाईं नै भन्नुस्
को छन् यहाँ असल जिम्मेवार
गर्न राष्ट्रमा बर्बादी ।
त्यसैले भन्छौं हामी, फुकाएर छाती
“जँड्याहा… सच्चा राष्ट्रवादी ।”

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x