राजेन्द्रप्रसाद अधिकारीकिसान र सरकार
पशुहरू संसद, सरकार र सरकारी निकायमा पुग्न थाले भने गोठमा हरियो घाँस र कुँडो आइपुग्दो रहेनछ किसानको घरको चुल्होमा आगो बल्दो रहेनछ ।

राजेन्द्रप्रसाद अधिकारी :
किसान भन्छ–
हामीले दूध सरकारी संस्थानलाई बेच्यौँ
उसले विगत तीन महिनादेखि भुक्तानी दिएको छैन
महानिर्देशक भन्छन्–
अहिले बजेट समस्या भएकोले दिन नसकेका हौं
समस्या बुझ्नु पर्ने हो किसानहरूले पनि
हामीले दिन्नौं भनेका छैनौं
कृषि मन्त्रीले भने–
मैले भर्खरै मात्र निर्देशन दिइसकेको छु
यति भएपछि
जिम्मेवार, जवाफदेही र जनउत्तरदायी गाईहरूले बुझ्नु पर्ने हो
पशुहरू संसद, सरकार र सरकारी निकायमा पुग्न थाले भने
गोठमा हरियो घाँस र कुँडो आइपुग्दो रहेनछ
किसानको घरको चुल्होमा आगो बल्दो रहेनछ ।
०००
चण्डोल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































