साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरुजात्रा

यो गोरुजात्रा कति वेर हेर्नु के लेखिराख्तै कति फेर केर्नु डण्डा बजाएर दुवै भगाऔं अर्का सुधा गोरु लिई लगाऔं ॥

Nepal Telecom ad

रमेश खकुरेल :

प्राचीनपन्थी मति धारणाका
लोभी र पापी अति दुष्ट आँखा
खोस्ने र खाने पथका चनाखा
साँढेहरूका कति सुन्नु भाका ॥

मौका परे वाहन बन्न जान्छन्
स्वामी कसैको जिउ भार तान्छन्
निर्धा कुनै सामु परे पछार्छन्
खाना जहाँ मिल्दछ गै लतार्छन् ॥

होक्काँ कडा जोर छ मै हुँ भन्ने
अर्को तँ को हो र म पो हुँ भन्ने
छ एक बाच्छी म हुँ योग्य भन्छन्
परन्तु केही न त गर्न सक्छन् ॥

यौटा जुवा तान्न भनी जुटेका
नथ्थी छिनाई छलले छुटेका
यी गोरुले खेत न जोत्न सक्छन्
तानेर गाडा न त लान सक्छन् ॥

यो गोरुजात्रा कति वेर हेर्नु
के लेखिराख्तै कति फेर केर्नु
डण्डा बजाएर दुवै भगाऔं
अर्का सुधा गोरु लिई लगाऔं ॥

०००
कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x