साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खन्चुवा (भाग- ३)

भोकै मर्छ गरीब हातहरूमा ठेलाहरू छन् कतै । खन्चुवाहरू लुट्न उद्दत हुने भेलाहरू छन् कतै ॥ खेल्ने एकल स्वार्थमा रहरका खेलाहरू छन् कतै । कालो पोत्न र पिट्न उद्दत हुने चेलाहरू छन् कतै ॥

Nepal Telecom ad

छविलाल आचार्य :

कस्तो प्रेम बसेछ, प्रीतम सँगै, उस्कै छ रे शासन !
जन्ताका मत च्यातिए कि किन हो ? उस्कै परेँ दास म ॥
भन्दै स्वाधिनता बिकाइ अहिले नेता बने ढँट्टुवा ।
बाँणी फुत्किसक्यो मिलाउँ कसरी ए देशका खन्चुवा !। १॥

सीता जानककी सुपुत्री कहिले सिद्धार्थ छन् हारमा ।
बोल्दैनन् कहिल्यै अराष्ट्रियहरू आमा परिन् मारमा ॥
खाए राष्ट्रियता र स्वाधिन सबै धज्जी उडाई सके ।
पानी तेल घुलाई भिन्न पथको बाटो जुराई सके ॥२॥

खर्चन्छन् उपचारमा छल गरी झुट्टा उनै बक्दछन् ।
साधु सन्त भनौँ कसोगरी भनौँ बोली सबै फेर्दछन् ॥
कोही मर्छ अकालमै छटपटी चक्की नपाए पछी ।
कोही भारत उड्छ लुट्छ ढुकुटी नाकै रसाए पछी ॥३॥

उम्के ह्वेल कतै, कठै ती बुदुना, पर्छन् महाँ जालमा ।
हात्ती तर्सन गो ? बजाई चकटी, सत्ता रह्यो चालमा ॥
नास्तिक् आस्तिक बन्दछन् त कहिले, खाने छ धन्दा सबै ।
गाउँ सङ्ग प्रदेश मन्दिर पनि भो भागबण्डा सबै ॥४॥

साधा उच्च बिचारका प्रतिनिधि, नेता हुने बिच्किए ।
आँफै भक्षक भै, म रक्षक सधैं, भन्नेहरू निस्किए ॥
खाए ऐन र, अख्तियार पनि जो, उन्को छ आफ्नै तय ।
ज्यान्माराहरू , छुट्दछन् सहजले, छक्कै छ न्यायालय ॥५॥

भोकै मर्छ गरीब हातहरूमा ठेलाहरू छन् कतै ।
खन्चुवाहरू लुट्न उद्दत हुने भेलाहरू छन् कतै ॥
खेल्ने एकल स्वार्थमा रहरका खेलाहरू छन् कतै ।
कालो पोत्न र पिट्न उद्दत हुने चेलाहरू छन् कतै ॥६॥

०००
पोखरा १६, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x