साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मभित्रको म

संस्कार र धर्म नछोड् संस्कृति र कर्म नतोड् प्रेरणा बन् अर्काको फूल छोडेर काँडा नगोड् ! दुई मको कुस्ती दिइरहन्छन् सास्ती दुवैका कुरा सुनेर म लिइरहन्छु मस्ती !

Nepal Telecom ad

गोपाल काफ्ले :

“चट्ट बनेर हिँड्
काँडाकाँडी गिँड्
बाधा आए भने
आँखा नहेरी भिड् !”

“महङ्गा लुगा लगा
बाहिरबाट मगा
मरेर के लानु छ
जिउँदैमा अघा !”

“सम्पत्ति टन्न कमा
अरुको अगाडि जमा
पैसाको बोटमा पुग्ने
एउटा मूलबाटो समा !”

“खा – पी मोज गर्
दिनदिनै भोज गर्
एक बारको जुनी
नयाँ-नयाँ खोज गर् !”

“दिमाग घुमा
मनलाई झुमा
नयाँ टेस्ट गर्
जे गर्छस् बेस्ट गर् !”

भित्रको म त्यसो भन्छ
बाहिरको म यसो भन्छ :

“इज्जतको ख्याल राख्
अर्काको पुरा नचाख्
तँ यस्तो – उस्तो भन्ने
भोलिलाई बाटो नराख् !”

“इमान बचा
इच्छा पचा !
भोगी दुनियाँमा
अब्बल जचा !”

“संस्कार र धर्म नछोड्
संस्कृति र कर्म नतोड्
प्रेरणा बन् अर्काको
फूल छोडेर काँडा नगोड् !”

“दुई मको कुस्ती
दिइरहन्छन् सास्ती
दुवैका कुरा सुनेर म
लिइरहन्छु मस्ती !”

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x