साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो काठ माडौं

सोझा मिले भाषण खूब झारौं कुर्सीसँगै नाल लगेर गाडौं । भट्टी भरी मित्र समाज डाकौं मोमोसँगै लोकल जाँड राखौं आफै नबुझ्ने कविता फलाकौं प्रज्ञाप्रतिष्ठान सदस्य ताकौं ।

Nepal Telecom ad

रमेश खकुरेल :

यो काठमाडौं सब हात माडौं
जाडो महीनाभर नाक माडौं
खेतै नरोपौं तर धान माडौं
मौरी नपालौं मह मात्र काढौं ।

खोले निली डम्म भुँडी भसारौं
भुजा भनी शान दिंदै डकारौं
गुन्द्री बिछाई घर रात काटौं
चिटिक्क भै बाहिर सूट डाटौं ।

कलेजका गेटहरू चहारौं
कता ठिटी छन् रमिता निहारौं
सलक्क पारेर कपाल कोरौं
कर्के गरी नेत्र कटाक्ष जोडौं।

टी भी हरू फेसन लागि हेरौं
कुरा कसैका नसुनौं नटेरौं
न जाँचमा अक्षर एक कोरौं
परन्तु हूँ पास भनेर घेरौं ।

विद्वान् हुँ झैं बन्न किताब बोकौं
चुरोट तानौं अनि खूब खोकौं
कुनै दुई वाक्य रटेर घोकौं
ज्ञाता हुँ भन्दै अनि ताल ठोकौं ।

बिहान ढोका छवटा चहारौं
कुरा यताका उसतर्फ सारौं
साक्खै सबैको म भनेर पारौं
जस्तै परोस् हिम्मत नै नहारौं ।

निर्धा मिले लात दिई पछारौं
ठूला मिले दाँत ङिचिक्क पारौं
सोझा मिले भाषण खूब झारौं
कुर्सीसँगै नाल लगेर गाडौं।

भट्टी भरी मित्र समाज डाकौं
मोमोसँगै लोकल जाँड राखौं
आफै नबुझ्ने कविता फलाकौं
प्रज्ञाप्रतिष्ठान सदस्य ताकौं ।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लासले भोट दिँदैन

लासले भोट दिँदैन

डा. कृष्ण शाह यात्री
रगत रातो छ

रगत रातो छ

तेजप्रकाश श्रेष्ठ
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x