साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता कहाँ हुन्छ र…

औठा छाप रहोस् तथापि गफमा विद्वान् बनोस् तापनि होच्याओस् गुरु वा गुणी जन सबै बेकारका हुन् भनी चाहे ऊ सुदखोर होस् पतित होस् होस् पातकी ऊ तर भ्रष्टाचार कुनै गरेनछ भने नेता कहाँ हुन्छ र !

Nepal Telecom ad

शम्भु गजुरेल :

दौरा वा सुरुवाल कोट शिरमा ढाका लगाए पनि
चिल्ला भाषणले विशाल चुचुरा सम्मै बनाए पनि
तारा चन्द्र सबै टिपेर म यहाँ झार्नेछु भन्ला तर
हत्यामा यदि हात रैनछ भने नेता कहाँ हुन्छ र !

नारी मुक्ति निमित्त तत्पर सदा देवी भनी पुज्दछ
स्वास्नी एक तथा अनेक गणिका प्यारी भनी राख्दछ
नारी इज्जतको निलाम घरमा जाला सधैँ ऊ तर
मुद्दामा करणी रहेनछ भने नेता कहाँ हुन्छ र !

टीका चन्दनको र राम मुखमा रुद्राक्ष होस् हातमा
घण्टा शंखसँगै पवित्र महिमा भज्दै गरोस् साथमा
अग्लो मन्दिरको सहर्ष उसले निर्माण गर्ला तर
द्यौता तस्कर ऊ रहेनछ भने नेता कहाँ हुन्छ र !

औठा छाप रहोस् तथापि गफमा विद्वान् बनोस् तापनि
होच्याओस् गुरु वा गुणी जन सबै बेकारका हुन् भनी
चाहे ऊ सुदखोर होस् पतित होस् होस् पातकी ऊ तर
भ्रष्टाचार कुनै गरेनछ भने नेता कहाँ हुन्छ र !

नारा लाउनका निमित्त सँगमा राखेर गुण्डा दल
सच्चा राष्ट्रियता भनेर रणको देला चुनौती खल
होलान् भक्त हजार लाख तलुवा चाट्ने नशेडी तर
खोला बेच्न कुनै छुटाउँछ भने नेता कहाँ हुन्छ र !

०००
नुवाकोट, हाल – काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x