साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो तस्वीर

मानिसहरू नबोल्ने तस्वीर मन पराउँछन्, प्रशंसकहरूको ताँती लाग्छ, अहिले मेरो एउटा तस्वीर भाइरल छ ! म तस्वीरमा हाँसिरहन्छु ! म जीवनमा सधैँ यसरी हाँसिरहन सक्दिनँ पाउँदिनँ ।

Nepal Telecom ad

शेषमणि आचार्य :

ओ !
आज मेरो नयाँ तस्वीर
मुहार पत्रिकामा झुण्डिएछ !
म गद्गद भएँ !
दङ्ग परेँ, आफैले आफैँलाई हेर्दै !
मुस्कुराएँ !
निकै घोत्लिएँ !
यो मेरो फोटो मैले जोगाउनुपर्छ !
म यसमा अपरिवर्तित मुद्रामा मुस्कुराइरहनेछु !
मलाई जस्तोसुकै दुःख वेदना,
खप्न परे पनि मेरो यो फोटो एउटा हास्यकलाकार झैँ
एकोहोरो खितखिताइरहनेछ !
कहिलेकाहीँ मलाई मेरै यो सुन्दर फोटोसँग रिस उठ्न सक्छ !
तर यो मेरो तस्वीर मुस्कुराइरहनेछ,
सम्झँदै,
म गदगद भएँ ! प्रफुल्लित भएँ !
म जवान भएको भएँ !
कसैसँग प्रेमरसमा डुबिरहेको भए
मेरी ती काल्पनिक प्रेमिकालाई
यो मेरो महान् स्वरूप देखाउने थिएँ !
ओ ! नजन्मेकी मेरी प्रेमिका !
आऊ ! यस वर्षको प्रेम दिवसमा
मेरो यो तस्वीर तिमीलाई उपहार दिनेछु !
म मेरो उल्लासित मनलाई,
पुराणको श्यामकर्ण घोडामा आसीन गराउँछु !
अश्वमेध यज्ञको आयोजन गरेर
म तस्वीर सम्राट्को सिंहासनमा
विराजमान हुनेछु !
मेरो मुहार भित्तो त भरियो ! झनझन भरियो !
म दङ्ग पर्छु, मेरा ती फेसबुक मित्रहरूसँग !
मैले यहाँको वेथितिमाथि कति प्रहार गरेँ,
खै कसैले लाइक गरेन !
न कसैले कुनै टिप्पणी कमेन्ट नै गर्‍यो !
मैले उकेलेको विद्रोहको आगोमा
कसैको सुदृष्टि गएन !
मैले कति आह्वान गरेँ,
सुतेकाहरू हो ! अब बेला भयो, उठ ! भनेँ
कुम्भकणर्हरू मात्र देखेँ, त्यस्तै बेहोरेँ !
कहिलेकाहीँ कुनै भोज,
वनभोजका तस्वीर पोस्ट गरेँ !
केही रसिकहरूले चासो देखाए !
जागरणको विगुल फुकेँ, सास दबियो !
बेथितिको राग मेट्न खोजेँ,
कसैले तिलस्मी हातले ऐँठन गरे जस्तो लाग्यो !
म वृहस्पति भएँ, एक्लो वृहस्पति !
त्यसबेला म एक रछ्यानमा फालिएको
कसिङ्गर बनेँ, बनाइएँ !
अहिले मेरो एउटा तस्वीर छ,
ऊ खिच्नलाई खिचेको तस्वीर छ !
ऊ निर्जीव प्राणविहीन छ,उ हाँसेको छ !
राम्रो कोटमा सजिएको छ ! उसले केही बोल्न सक्दैन !
मानिसहरू नबोल्ने तस्वीर मन पराउँछन्,
प्रशंसकहरूको ताँती लाग्छ,
अहिले मेरो एउटा तस्वीर भाइरल छ !
म तस्वीरमा हाँसिरहन्छु !
म जीवनमा सधैँ यसरी हाँसिरहन
सक्दिनँ पाउँदिनँ,
अहिले मेरो एउटा तस्वीर
निर्धक्क मेरो फेसबुक भित्तामा
भाइरल छ !
यो भाग्यमानी मेरो तस्वीर छ ।

०००
तनहूँ, नेपाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टाकर्ण

घण्टाकर्ण

शेषमणि आचार्य
यसपालि

यसपालि

शेषमणि आचार्य
खाइराइड

खाइराइड

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ३

ज्योतिषी बा- ३

शेषमणि आचार्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x