साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले मलाई कसरी ‘म’ चिन्ने ?

शरीरले मात्र हुँदैन मान्छे । छामेर हेरेँ अँहँ छैन मान्छे ॥ खाली छ भित्री दिल लाग्छ ढुङ्गो । स्वार्थी छ साह्रै लठुवा र बुङ्गो ॥

Nepal Telecom ad

देव भट्टराई :

अचम्मको लाग्छ मभित्रको म ।
शैतानझैँ लाग्छ विचित्रको म ॥
साँच्चै मलाई अब छोड्छु मैले ।
सम्बन्ध आफैँसँग तोड्छु मैले ॥०१

देख्दैन पीडा-दुख यो कसैका ।
सहन्न देखी सुख यो कसैका ॥
भलो अरूको किन गर्नु भन्छ ।
सारा बगून् एकल तर्छु भन्छ ॥०२

सुन्दैन वाणी अगुवाहरूका ।
म मात्र ठूलो भुसुना अरू ता ॥
जान्दैन आफैँ पनि तन्त्र केही ।
मान्दैन गाँठी गुरुमन्त्र केही ॥०३

अकासजस्तो न खुला भयो यो ।
सङ्कीणर् लाछी बहुला भयो यो ॥
मेरो र मेरा भनिबस्छ रोज ।
एक्लै हिँडेको छ बनेर बोझ ॥०४

शरीरले मात्र हुँदैन मान्छे ।
छामेर हेरेँ अँहँ छैन मान्छे ॥
खाली छ भित्री दिल लाग्छ ढुङ्गो ।
स्वार्थी छ साह्रै लठुवा र बुङ्गो ॥०५

जान्ने कुरा छन् कति धेर हेर ।
जान्दैन जानेसरि गर्छ धेर ॥
उपाय के छन् ? भन मित्र चिन्ने ।
मैले मलाई कसरी ’म’ चिन्ने ?०६

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म के गरूँ ?

म के गरूँ ?

देव भट्टराई (२)
अतिको महिमा

अतिको महिमा

देव भट्टराई (२)
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
हाम्रै हातमा छ

हाम्रै हातमा छ

देव भट्टराई (२)
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x