सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सामन्त र शकुनिको पासा

दियोको बत्तीसँग पुतली झुम्मिएझैँ सामन्त पासामै झुम्मिरहन्छ; अमूल्य जीवन र ऐतिहासिक क्षणको बोध गर्न पनि ऊ सकिरहेको हुँदैन। मात्र शकुनिका आँखामा आफ्नो अस्तित्वको ऐना हेर्छ ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

कुनै यस्तो देश छ
जहाँ सरकार छ
सरकार चलाउने पार्टी छ
पार्टीभित्र शीर्ष सामन्त, र
सरकार चलाउने शकुनिहरू छन् ।

देशभर विदुरहरू
विचारसहित छटपटिएका छन्
शकुनि पासा बोकेर
सामन्तलाई जुवाको दाउमा लगाइरहेको छ,
सत्ता र सामन्तको अगाडि
टिक्दैनन् विदुर र विचारहरू
टिक्छन् केवल शकुनि र पासाहरू ।

जलोस्
देश जलेर फरक पर्दैन सामन्तलाई
ऊ जुवा खेलेरै काल जित्ने
परिकल्पनामा मस्त हुन्छ,
शकुनि र पासाको अगाडि
सामन्त खरानीलाई नै सम्पत्ति देख्छ, र
आह्लादित भइरहेको हुन्छ ।

सामन्त मात्र जीवन देख्छ
मृत्युको आभास समेत हुँदैन उसलाई;
सत्ता र शक्तिको मातमा
विजय मात्र देख्छ
हारको अन्दाजसम्म हुँदैन उसलाई,
शकुनिले ओछ्याएको थर्की र
थर्कीमाथि फालिएको पासामा
विदुरहरू कहिल्यै जित देख्दैनन्
त्यसैले शकुनि र सामन्तसँग
विदुर र विज्ञानलाई मिलाउनै सकिँदैन ।

दियोको बत्तीसँग पुतली झुम्मिएझैँ
सामन्त पासामै झुम्मिरहन्छ;
अमूल्य जीवन र ऐतिहासिक क्षणको
बोध गर्न पनि ऊ सकिरहेको हुँदैन,
मात्र शकुनिका आँखामा
आफ्नो अस्तित्वको ऐना हेर्छ,
गमक्क फुल्छ, र
पासासँगै सामन्त
आफ्नो अमूल्य समयलाई
थर्कीमा निरर्थक बारम्बार फालिरहन्छ,
र निरन्तर हारिरहन्छ ।

०००
आजको आकाश (२०७९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छेपारोको कथा

छेपारोको कथा

राजेन्द्रप्रसाद अधिकारी
कविजी ! खै त नैतिकता ?

कविजी ! खै त...

राजेन्द्रप्रसाद अधिकारी
फेरिँदैनन् छेपाराहरू

फेरिँदैनन् छेपाराहरू

राजेन्द्रप्रसाद अधिकारी
यो राजनीति, खै के राजनीति !

यो राजनीति, खै के...

राजेन्द्रप्रसाद अधिकारी
सोम शर्मा, निरो र बेसरम शासक

सोम शर्मा, निरो र...

राजेन्द्रप्रसाद अधिकारी
कृत्रिम बौद्धिकताको युगमा म अझै बुख्याँचाहरू बीच बाँचिरहेको छु

कृत्रिम बौद्धिकताको युगमा म...

राजेन्द्रप्रसाद अधिकारी
गणतन्त्र गीत

गणतन्त्र गीत

होम सुवेदी
आदर्श नेता

आदर्श नेता

हृषीकेश बराल
भिडहरू !

भिडहरू !

महादीप पाेखरेल
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
परिवेश

परिवेश

हेमराज पन्त