साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सामन्त र शकुनिको पासा

दियोको बत्तीसँग पुतली झुम्मिएझैँ सामन्त पासामै झुम्मिरहन्छ; अमूल्य जीवन र ऐतिहासिक क्षणको बोध गर्न पनि ऊ सकिरहेको हुँदैन। मात्र शकुनिका आँखामा आफ्नो अस्तित्वको ऐना हेर्छ ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

कुनै यस्तो देश छ
जहाँ सरकार छ
सरकार चलाउने पार्टी छ
पार्टीभित्र शीर्ष सामन्त, र
सरकार चलाउने शकुनिहरू छन् ।

देशभर विदुरहरू
विचारसहित छटपटिएका छन्
शकुनि पासा बोकेर
सामन्तलाई जुवाको दाउमा लगाइरहेको छ,
सत्ता र सामन्तको अगाडि
टिक्दैनन् विदुर र विचारहरू
टिक्छन् केवल शकुनि र पासाहरू ।

जलोस्
देश जलेर फरक पर्दैन सामन्तलाई
ऊ जुवा खेलेरै काल जित्ने
परिकल्पनामा मस्त हुन्छ,
शकुनि र पासाको अगाडि
सामन्त खरानीलाई नै सम्पत्ति देख्छ, र
आह्लादित भइरहेको हुन्छ ।

सामन्त मात्र जीवन देख्छ
मृत्युको आभास समेत हुँदैन उसलाई;
सत्ता र शक्तिको मातमा
विजय मात्र देख्छ
हारको अन्दाजसम्म हुँदैन उसलाई,
शकुनिले ओछ्याएको थर्की र
थर्कीमाथि फालिएको पासामा
विदुरहरू कहिल्यै जित देख्दैनन्
त्यसैले शकुनि र सामन्तसँग
विदुर र विज्ञानलाई मिलाउनै सकिँदैन ।

दियोको बत्तीसँग पुतली झुम्मिएझैँ
सामन्त पासामै झुम्मिरहन्छ;
अमूल्य जीवन र ऐतिहासिक क्षणको
बोध गर्न पनि ऊ सकिरहेको हुँदैन,
मात्र शकुनिका आँखामा
आफ्नो अस्तित्वको ऐना हेर्छ,
गमक्क फुल्छ, र
पासासँगै सामन्त
आफ्नो अमूल्य समयलाई
थर्कीमा निरर्थक बारम्बार फालिरहन्छ,
र निरन्तर हारिरहन्छ ।

०००
आजको आकाश (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x