साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माटोको सिपाहीहरू

आगोको लप्काले पोल्दा निस्कने चित्कारलाई ढोल नगराले छोपेर तिम्रो साम्राज्यमा युवतीहरू ज्यूँदै पोलिनु पर्ने युवा सिपाहीहरू ज्यूँदै गाडिनु पर्ने टेराकोटा साक्षी छ ।

Nepal Telecom ad

राजाराम बर्तौला :

उहिले उहिले सम्राटको नुन खाएका सिपाही
सम्राट भक्तिमा स्तुति गीत गाउँथे
सम्राटको एकै आदेशमा युद्धभूमि कुच गर्दथे
सम्राट ईहलोक र परलोकमा पनि
राजशाही शान मै बाँचुन भन्ने कामना
गर्दथे वा गर्दैनथे,
सम्राटको अन्त्येष्टिमा सशरीर गाडिन्थे
लास भएर
टेराकोटा साक्षी छ
जिउँदा लासहरू
लासहरु मृत्यु शैयामा सुतेको हुनुपर्ने
तर आजकल ती टेराकोटा सिपाहीका लाश
लाश भइसकेर पनि
खडा भएका छन् लाशहरूको पीडा बक्न
लाश भइसकेपछि पिडाको के बोध
जिउँदै गाडिएका सिपाहीहरूको पीडा ।
सती जाने यौवनाको पीडा
साङ्लामा बाँधेर लाशमाथि राखिएकी
आगोको लप्काले पोल्दा निस्कने चित्कारलाई
ढोल नगराले छोपेर
तिम्रो साम्राज्यमा
युवतीहरू ज्यूँदै पोलिनु पर्ने
युवा सिपाहीहरू ज्यूँदै गाडिनु पर्ने
टेराकोटा साक्षी छ
लाश पारिएका माटोका सिपाहीहरू पनि
आफ्ना पीडाहरू बक्न
खडा भएका छन् ।

०००
काठमाडौं
भ्रमित समय (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुन जोगी आए पनि कानै चिरेको

जुन जोगी आए पनि...

राजाराम बर्ताैला
युद्ध जारी छ

युद्ध जारी छ

राजाराम बर्ताैला
कुराको कुराउनी

कुराको कुराउनी

राजाराम बर्ताैला
आत्माभिमान

आत्माभिमान

राजाराम बर्ताैला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x