साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविजी ! खै त नैतिकता ?

कविजी ! तपाईंलाई बोक्दा बोक्दा अब हामी थाकिसकेका छौँ हामीले प्रत्येक पटक तपाईंलाई सुम्पिएको नैतिकताको यौटा सानो पोको थियो । कविजी ! खै त त्यो विश्वास ? कविजी ! खै त त्यो नैतिकता ??

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

जुनबेला तपाईं
खोलाको पानीले जस्तै
समुद्र खोज्दै हुनुहुन्थ्यो
हामीले तपाईंलाई बीचैबाट
बाफलाई जस्तै उडाउँदै
बादलभित्र लुकाउँदै लुकाउँदै
हिउँजस्तै कञ्चन बनाउँदै बनाउँदै
हिमालका टाकुराहरूमा राख्दै गयौँ ।

बिहानी सूर्यको किरणको स्पर्शसँगै
चम्कनु पर्ने तपाईंको छवि
दिनको घामको तापले तपाईंलाई
आकर्षण गरिरह्यो, र
तपाईं पग्लिरहनु भएकै हो।

फेरि पनि
आफ्नै देशको अग्लो हिमाल
सगरमाथाको टाकुरामा नै लगेर बिसायौँ, र
सोच्यौँ-
तपाईं सगरमाथाको शिरबाट
हिमालदेखि मधेससम्मका भू-भाग हेर्दै
हल्का फुल्का क्रान्तिकारी हिउँका डल्लाहरू
पग्लेका र चिप्लिएका हेरिरहनु हुनेछ

रातो गुराँसझैँ
तपाईंको शिरको नैतिक ताज
अन्धकार रातमा पनि
उत्तिकै चम्किरहेको हुनेछ,
र हामी आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरू
तपाईंलाई माथिमाथि अझै माथि
सगरमाथाको शिरमा
रातो चम्किरहेको गुराँसको रूपमा हेरिरहने छौँ, र
संभवतः शताब्दीकै
यौटा इतिहास शिरमा बोकेर
सगरमाथा
गर्वले छाती फुलाइरहेको हुनेछ, र
नैतिक बल जगेर्ना गर्न सकेका
विश्वका आरोहीहरू
अनन्त कालसम्म लामबद्ध भएर
सगरमाथाको उचाइसम्म पुगेर
नैतिक साहसको परिचय दिनेछन्,
तपाईंको रातो र गर्विलो चम्काइलाई
न्यानो चुम्बन गर्नेछन्, र
धर्तीको फूलबारीमा
तपाईंको शालीन समाजवाद
तपाईंको अटल विचार, र
उद्देश्यप्रतिको तपाईंको प्रतिबद्धताको
अमर गीत,
किसान र श्रमिकहरू
दिनभरिको कामपछि
आफ्नो थकाइ बिर्सन
गाइरहने छन्
निरन्तर गाइरहने छन् …

तर कविजी !
के भयो तपाईंलाई
त्यत्ति घामको तातोमा
फेरि तपाईं पग्लिसक्नु भएछ
फेरि तपाईं गलिसक्नु भएछ
मैले त तपाईंलाई फोहोर पानीको
सानो कुण्डमा जमिरहेको पो देखेँ;
खोलाको पानी
बाफजस्तै उड्दै उड्दै
बादलसँगको यात्रा
हिमालका टाकुराहरूको
हिउँ बारम्बारको स्खलन, र
सगरमाथाको शिरको ताज हुँदै
पुनः स्खलन, र
सानो कुण्डमा
जमेको पानी ।

कविजी !
तपाईंलाई बोक्दा बोक्दा
अब हामी थाकिसकेका छौँ
हामीले प्रत्येक पटक
तपाईंलाई सुम्पिएको
नैतिकताको
यौटा सानो पोको थियो
कविजी !
खै त त्यो विश्वास ?
कविजी ! खै त त्यो नैतिकता ??

०००
‘आजको आकाश’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x