साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (१९)

बग्न दिन्न कतै आँसु बगे ताल बनाउँछु आँसुको तालमा पौडी खेल्न साह्रै रमाउँछु । दुखी गरीबका आँसु राम्रोसँग जुटाउँछु ताल सुक्दै गए अर्को मूल मैले फुटाउँछु।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

छाता मेरो भएकोले अरूले भिज्नु पर्दछ
मेरो गिलास संसार बोकेको स्वाङ गर्दछ।१९६।

म भन्छु करुवा मेरो चुहिनेनै भए पनि
क्यामेराछ नयाँ भन्छु काम लागेन तैपनि ।१९७।

यिनैहात दुवै मेरा अरूका हात होइन
तथापि लोभ भागेन ताली खोज्दै बितेदिन।१९८।

बजाउँदै हिँडेँ घण्टी पुगेँ माथि झरेँ तल
अझैसम्म म गर्दैछु घण्टी बजाउने बल ।१९९।

जेजे नाम लिएँ मेरा माग्ने भाँडाकुँडाहरू
रित्ताछन अहिले भाँडा भर्न पाए हुने बरू।२००।

यिनै भाँडा भरेमात्र मेरो तागत आउँछ
भाँडा रित्ता हुँदाखेरी खानेमेलो हराउँछ ।२०१।

यो मेलो योजनावद्घ दीर्घकालीन रूपमा
गर्ने गराउने सोच जागा हुँदै गयो ममा।२०२।

आफ्ना भाँडाकुँडा बोकी हात जोडेर आउँछु
दया राखे मगन्तेको लाख बिन्ती बिसाउँछु।२०३।

भाँडाको चित्र हेरेर मलाई गुन लाउनू
सबैले काँध हालेर मलाई नै उठाउनु ।२०४।

मगन्ते काम यो मेरो यो काममा रमाउन
जेजे गर्नु परोस् गर्छु बिन्ती छ भोट पाउन ।२०५।

सहयोग सबैको होस् म मालिक हुने थिएँ
गाउँ ठाउँ सबै भुल्दै टाकुरामा छुने थिएँ।२०६।

बग्न दिन्न कतै आँसु बगे ताल बनाउँछु
आँसुको तालमा पौडी खेल्न साह्रै रमाउँछु।२०७।

दुखी गरीबका आँसु राम्रोसँग जुटाउँछु
ताल सुक्दै गए अर्को मूल मैले फुटाउँछु।२०८।

लेकबेँसी कुनाकाप्चा यस्तै ताल बनाउँछु
बनाई आँसुका ताल खुसीयाली मनाउँछु।२०९।

आँसुको मूल्य नै केहो खुलेर भन्न शक्तिन
अरूको आँसु नै मेरो जेथा हो तर भन्दिन।२१० ।
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x