साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काग, सारु र ढाडे बिरालाहरू

गाउँबाट कामको खोजीमा राजधानी छिरेको म वैदेशिक रोजगारीका एजेन्सीहरू सम्झन्छु मिटरब्याजी साहुका अनुहारहरू सम्झन्छु श्रम तथा रोजगार मन्त्रालय, मन्त्री र कर्मचारीहरू सम्झन्छु ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

सुकेको जीर्ण रुखको हाँगामा बसेर
फगत् कर्कश आवाजमा
कराइरहेछन् र विष्ट्याइरहेछन्
रुख तलको सुन्दर पोखरीमा कागहरू
ठ्याक्कै मेरै देशको सरकार जस्तो
यसो टोलाएर हेर्छु-
मन्त्री र प्रधानमन्त्री जस्ता लाग्छन् ।

अलि परको झ्याम्म परेको रुखमा
निरर्थक झगडा गरिरहेका सारुका बथान
ठ्याक्कै मेरै देशको संसद जस्तो
यसो सोच्छु-
राजनैतिक दलका सरम पचेका नेता र
अन्धभक्त कार्यकर्ताहरू जस्तो लाग्छ ।

दुबै रुखको मध्यभागतिर
पर्खाल हुनुको ओज र गरिमा सकिएर
विचार, सिद्धान्त र आदर्श स्खलित भएका दलहरू जस्तै
खुट्टाले टेकेरै नाघ्न त सकिने उचाई मात्र बाँकी रहेको
पर्खालको आडमा ढाडे बिरालो
कुनै मुसासँग मस्त खेलिरहेको देखिन्छ ।

गाउँबाट कामको खोजीमा राजधानी छिरेको म
वैदेशिक रोजगारीका एजेन्सीहरू सम्झन्छु
मिटरब्याजी साहुका अनुहारहरू सम्झन्छु
श्रम तथा रोजगार मन्त्रालय, मन्त्री र कर्मचारीहरू सम्झन्छु
अनि
बाँदरले कब्जा जमाएका बारी र बाँझा खेतहरू सम्झन्छु
अनि फेरि देख्छु-
उही काग, सारुङ् र ढाडे बिरालाहरू ।

फेरि सोच्छु र आफैँलाई प्रश्न गर्छु-
वास्तवमा काग, सारु र ढाडे बिरालाहरूको
निर्मम व्यवस्थापन गर्न ढिलो भएको हैन र ?

०००
काठमाडौं
२०८० जेठ ८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x