साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशको कानुन नजानेको राम्रो

न उद्योग धन्दा, न बन्द व्यापार यूवक जति वैदेशिक रोजगारमा । यो देशको कानुन नजानेकै राम्रो प्रजातन्त्र हाम्रो, गणतन्त्र राम्रो ।

Nepal Telecom ad

अन्जु शर्मा :

सर्वहाराहरू ! सत्ताका लागि झगड्छन्
नेता बन्दै कार्यकर्ता थुपार्छन् ।
गोल सर्कलको बीचमा बसी
जनतालाई आफैँ भेडा बनाउँछन् ।

अभावले पिल्सिएको दीनहीन जनता
हातमुख जोर्न पिछलगु बन्छ ।
सीप सिक्ने पाउदैन मौका
नेताकै प्यारो कार्यकर्ता बन्छ ।

उमेर नपुग्दै छोरी बलात्कृत हुन्छे
बेरोजगार छोरो दुर्व्यसनी बन्छ ।
छैन उपाय घर समाल्नलाई
अनि बाबुआमा वृद्धाश्रम राख्छ ।

खेतीको जमिन बन्जड बनाई
कुहिएका चामल पोलिथिनमा किन्छ ।
गुन्द्रुक ढिडो अब खाँदैन उसले
बरू सुगर जाँच्न क्लिनिक धाउँछ ।

न उद्योग धन्दा, न बन्द व्यापार
यूवक जति वैदेशिक रोजगारमा ।
यो देशको कानुन नजानेकै राम्रो
प्रजातन्त्र हाम्रो, गणतन्त्र राम्रो ।

०००
रातोपुल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x