साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशको कानुन नजानेको राम्रो

न उद्योग धन्दा, न बन्द व्यापार यूवक जति वैदेशिक रोजगारमा । यो देशको कानुन नजानेकै राम्रो प्रजातन्त्र हाम्रो, गणतन्त्र राम्रो ।

Nepal Telecom ad

अन्जु शर्मा :

सर्वहाराहरू ! सत्ताका लागि झगड्छन्
नेता बन्दै कार्यकर्ता थुपार्छन् ।
गोल सर्कलको बीचमा बसी
जनतालाई आफैँ भेडा बनाउँछन् ।

अभावले पिल्सिएको दीनहीन जनता
हातमुख जोर्न पिछलगु बन्छ ।
सीप सिक्ने पाउदैन मौका
नेताकै प्यारो कार्यकर्ता बन्छ ।

उमेर नपुग्दै छोरी बलात्कृत हुन्छे
बेरोजगार छोरो दुर्व्यसनी बन्छ ।
छैन उपाय घर समाल्नलाई
अनि बाबुआमा वृद्धाश्रम राख्छ ।

खेतीको जमिन बन्जड बनाई
कुहिएका चामल पोलिथिनमा किन्छ ।
गुन्द्रुक ढिडो अब खाँदैन उसले
बरू सुगर जाँच्न क्लिनिक धाउँछ ।

न उद्योग धन्दा, न बन्द व्यापार
यूवक जति वैदेशिक रोजगारमा ।
यो देशको कानुन नजानेकै राम्रो
प्रजातन्त्र हाम्रो, गणतन्त्र राम्रो ।

०००
रातोपुल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x