साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो हो सङ्केत दुर्गति !!

कैकेयी डाहका नारी लक्ष्मण रीसका नर खोजी हेरौँ यिनै मात्र भेटिन्छन् घरका घर ! पाए मख्ख यिनै हुन्छन् गुमे आँसु चुहाउँछन् यिनै बास हुँदा नित्य धरालमई रुवाउँछन् !!

Nepal Telecom ad

कलानिधि दाहाल :

उदास जिन्दगी हुन्न अनुदार पनि कतै
भ्रष्ट यो जिन्दगी हुन्न झूठखेत पनि कतै !
चम्चामा जिन्दगी हुन्न चोरमा हुन्न यो कतै
निस्कलङ्क खुला छ्याङ्ग हुने हुन्छ जताततै !!

जे हुनु पर्ने हो हुन्न नहुने हुन्छ हो तर
मूर्ति पूजनका ढ्याङ्ग्रा बजेका छन् सबै घर !
अन्धभक्त यता झुक्दै पाखण्ड पाउ चुम्दछन्
भ्रष्टाचारी उचालेर अग्ला यी ओठ घुम्दछन् !!

देशभक्त बनेका छन् चुलीमा ठगका हुने
चोर, गुण्डा, लफङ्गा छन् सत्ताका दिलमा छुने !
पापाचारी दुराचारी धाउँछन् पशुका पति
उल्टा दृश्य यिनै देख्दा मन पोल्दछ भत्भती !!

पण्डाहरू जपी माला टीका ललाटमा घसी
धर्मपाखण्डका खेती गर्दछन् घरमा बसी !
ब्वाँसाका देह उक्लन्छन् हरिया दिलमा छुन
लोभलम्पटका लास उफ्रन्छन् जिउँदा हुन !!

जहाँ संस्कारका नौला उभिन्नन् दीपका जग
उज्याला चेतना जन्मी बल्दैनन् बनी जग्मग !
मान्छे भौतिकका दास जङ्गली लास बन्दछन्
सर्वत्र गन्ध दुर्गन्ध मन खाडल चुन्दछन् !!

टपरे ताँत लागेर जहाँ तर्पण गर्दछन्
जलसिञ्चन दुर्गन्ध खाल्डामा सास फेर्दछन् !
राजनीति जहाँ हुन्न विचार आडको चुली
त्यस्ता समाजको झुण्ड कहाँ फेर्छ र काँचुली !!

न चुली चुली नै हुन्छ न हुन्छन् काँचुली कतै
चाक्षुसी दृश्य छन् खाल्डा खाल्डाबाहिर खै कतै !
भेडोझैँ खातमा खात लातको छ सिरान यो
जम्मै छन् जति छन् छाती परी चिरान हुन्छ यो !!

कैकेयी डाहका नारी लक्ष्मण रीसका नर
खोजी हेरौँ यिनै मात्र भेटिन्छन् घरका घर !
पाए मख्ख यिनै हुन्छन् गुमे आँसु चुहाउँछन्
यिनै बास हुँदा नित्य धरालमई रुवाउँछन् !!

पाऊँका आसले पाउ सर्ने मानिस साथमा
नगुमोस् रउँको टुक्रो भन्नेका गाथगाथमा !
म भए हुन्न मान्छे म ऊ भए पनि यो मति
मान्छे पटक्क क्वै यो हो सङ्केत दुर्गति !!

०००
कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x