साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोकियो राष्ट्रकै गति !

मुखमा लोकको तन्त्र, मनमा एकतन्त्र छ । काममा स्वार्थको तन्त्र, वण्डातन्त्र त मन्त्र छ ॥ काले काले मिली भाले, खाले गाले बढे अति । सर्प बिच्छी मुसा मिल्दा , रोकियो राष्ट्रकै गति ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

च्यातियो लोकको तन्त्र, फालियो गणको कथा ।
हापियो सङ्घको वाद, भागवण्डा जतातता ॥
वण्डातन्त्र महामन्त्र, दलभित्र र बाहिर ।
विधान नीति सिद्धान्त, मिच्नमा सब माहिर ॥ १॥

भ्रातृ वा मातृ संस्था हुन्, शुभेच्छु सङ्घ हुन् जति ।
‘वण्डा —टीका’ लगाएर, मिच्छन् विधानको गति ॥
बन्डा पाएर ठन्डा छन्, एकतन्त्र रुचाउने ।
टन्टा लन्ठा सबै भाग्दा, हुन्छ झन्डा समाइने ॥ २॥

प्रजातन्त्र मजातन्त्र, वण्डातन्त्र सधैँ रहोस् ।
नेतातन्त्र महामन्त्र, लोकतन्त्र भनी कहोस् !!
पिछलग्गू महा धक्कू, चक्कूका हुल हुल्लड ।
नाता चाकर बोकेर, गनायो सङ्घको बल ॥ ३॥

मुखमा लोकको तन्त्र, मनमा एकतन्त्र छ ।
काममा स्वार्थको तन्त्र, वण्डातन्त्र त मन्त्र छ ॥
काले काले मिली भाले, खाले गाले बढे अति ।
सर्प बिच्छी मुसा मिल्दा , रोकियो राष्ट्रकै गति ॥ ४॥

प्रदेश संघका मान्य होलै मन्त्री बजाउने ।
सर्कार फेरिए धेरै, सबै बन्छन् गनाउने ॥
गाईजात्रा छ साँढेका लाखेजात्रा अहर्निश ।
वण्डातन्त्र महामन्त्र, विकास हुन्छ झिस्मिस ॥५॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x