साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म खुम्चँदै

यो खुम्चाइले म डराइ सकेँ सबै परिवेश खुम्चेको देखेर खुम्चँदा खुम्चँदै एक दिन म भन्दा पहिल्यै मेरो देश मानचित्रबाट विलुप्त होला कि भनेर !!

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

हो !
म खुम्चदैछु
प्रत्येक क्षण
म नैतिकतामा खुम्चदै छु
विचारमा खुम्चँदै छु
निरपेक्ष बन्दा त फराकिलो हुनु पर्ने
तर स्वार्थले बाँधेका पर्खाल भित्र खुम्चदैछु ॥

मेरो राष्ट्रियता खुम्चँदै छ
मेरी मातृभूमि खुम्चँदै छिन्
मेरो इज्जत खुम्चिसक्यो
हिंसा प्रतिहिंसाको डरले
मेरा बोलीहरू खुम्चँदैछन्
हेर्दाहेर्दै मेरा स्वतन्त्रता खुम्चँदैछन् ॥

विचारको क्षितिज नै खुम्चेपछि
भूगोल र इतिहास दुवै खुम्चिए
व्यवहार खुम्चिने नै भए
निष्पक्षता खुम्चिएको पटकौं भइसक्यो ॥

यो खुम्चाइले म डराइ सकेँ
सबै परिवेश खुम्चेको देखेर
खुम्चँदा खुम्चँदै एक दिन
म भन्दा पहिल्यै मेरो देश
मानचित्रबाट विलुप्त होला कि भनेर !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x