साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उँधो गति : उँभो खति

शान्तिक्षेत्र कता गयो ? कान्ति पनि गयो मौका मिल्ला भन्ने थियो भाँडभैलो भयो । यस्तै चाला-माला रहे जान्छ उँधो गति क्रान्तिकारी जुटे भने हुन्छ उँभो खति ।

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

घरै थियो पिँडालु त ! ससुराली जाँदा
पिँडालु नै पाएजस्तो भयो आलु खाँदा ।
मन डढी जङ्गलमा भौँतारिँदै आएँ
जङ्गलमा डढेलो झन् लगाएको पाएँ ।

राजनीति फाँटतिर राजा धेरै पाएँ
भद्रगोल, भाँडभैलो भरिएको पाएँ ।
दायाँ-बायाँ, तरपायाँ जता गए पनि
उठे पनि, बसे पनि नेता भए धनी ।

खामभित्र नाम राख्न आए बडा-बडा
जत्ति पनि खर्च गर्न नेता भए खडा ।
सर्वहारा जनताका नेता भए कस्ता ?
पुँजीपति दलालका अधिपति जस्ता ।

पुँजीपति दलालीमा गए सत्ता-भत्ता
भूमिपति भुलाएर भए नेता मत्ता ।
सर्वहारा जनता झन् भएका छन् लुला
हकारेर डकार्दछन् नेता हुने ठूला ।

शान्तिक्षेत्र कता गयो ? कान्ति पनि गयो
मौका मिल्ला भन्ने थियो भाँडभैलो भयो ।
यस्तै चाला-माला रहे जान्छ उँधो गति
क्रान्तिकारी जुटे भने हुन्छ उँभो खति ।

बङ्गालको देखेर जात्रा ।
यता पनि होला नि गाईजात्रा ॥

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Wedmani Ghimire
Wedmani Ghimire
2 years ago

अति सुन्दर राष्ट्रभावकाे कविता

Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
1
0
Would love your thoughts, please comment.x
()
x