साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पीडागान

सुन्न नचाहनेले कानको सङ्ख्यामा कटौती गर्थे होलान् आफूमात्र बोलूँ आफूमात्र खाऊँ भन्नेले मुखको सङ्ख्या इच्छानुसार बढाउँथे होलान् भएको नदेख्ने नभएको देख्नेहरूको जमातमा कोही आँखाको सङ्ख्या थप्थे होलान् कोही घटाउँथे होलान् ।

Nepal Telecom ad

युवराज भण्डारी :

असह्य पीडाका क्षण
जीवनमा नआएका भए
हर्ष पनि
सुखद लाग्ने थिएन
दैलोठेलोबाट लडेर पनि
मरेको नदेखेको भए
खतरा पनि असुरक्षित लाग्ने थिएन ।

घाउ लागेको अङ्ग
दुख्दै नदुख्ने भए
मानिस
हतियारसँग पनि तर्सिने थिएन
काटेको ठाउँबाट
रगत नै नबग्ने भए
मानिस
शरीरमा प्वाल पार्न बेर लगाउने थिएन ।

पीडा नै नहुँदो हो त
प्रेमीहरू प्रियलाई माया देखाउन
भ्यालेन्टाइनमा मुटु नै
छातीबाहिर राख्थे होलान्
जादुगरको काम यसरी
जो-कोहीले गर्न सक्ने भए
चटकीले पनि
नयाँ केही सोच्थे होलान् ।

दुख्ला भन्ने चिन्तै नरहेपछि त
सुत्ने बेलाको अर्घेलो दुई हात झिकेर
मानिसले
छेवैको टेबुलमा राख्थे होलान्
अल्छीहरू
टन्टै साफ भन्दै
दुवै खुट्टा थन्क्याउँथे होलान् ।

सुन्न नचाहनेले
कानको सङ्ख्यामा कटौती गर्थे होलान्
आफूमात्र बोलूँ
आफूमात्र खाऊँ भन्नेले
मुखको सङ्ख्या
इच्छानुसार बढाउँथे होलान्
भएको नदेख्ने
नभएको देख्नेहरूको जमातमा
कोही
आँखाको सङ्ख्या थप्थे होलान्
कोही घटाउँथे होलान् ।

कोही यहाँ
आफ्नै शरीर काटीकाटी
टिकटकमा भाइरल हुन्थे होलान्
महँगो प्लास्टिक सर्जरीलाई खुच्चिङ भन्दै
लामो नाकको टुप्पो आफैँ खुर्केर
जे गर्दा राम्रो देखिन्छ, त्यही गरेर
फेसबुकमा हाल्थे होलान् ।

०००
तनहुँ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
घामको प्रेरणा

घामको प्रेरणा

युवराज भण्डारी
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x