साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आचार चार

न आचार मान्ने सदाचार ढाल्ने बिचारी कुरौटे समाचार बोल्ने सिलौटो र लोरो पटक्कै नटेर्ने फलाहार बोको घिचे बीस धार्ने ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

अनायास पारा अघोरी बनेका
हराएर आफै कता खै हिंडेका
मलामी लखेट्दै दुबै छन् मिलेका
कुलाचार बिर्से मुकुण्डो भिरेका।१

हजारी थिए जो करोडौं लुटेका
कुसंस्कार थाले हरामी जुटेका
दलाली रजाईँ छ थाक्रो र टेका
म खाऊँ म लाऊँ मदानी र ठेका।२

कुभिण्डो र फर्सी प्रसस्तै फलेका
घिरौंला र बोडी चिचिण्डो कुहेका
कतै मासदाना भकिम्लो र काँक्रा
उता राजखानी हसुर्दै गरेका।३

यता राजधानी फटाहा बसेका
जता कोल घानी छ चिल्लो घसेका
जसै घाम पानी र हावा जुटेका
भुके लाज मान्दै लुटेरा बिकेका।४

सुरा खान थाले लगाए घमेरा
यिनै धुन्धुकारी भगौडा चमेरा
सिनो सुँघ्न लागे निमेकी चमेरा
लियो वाध्यतामा छिमेकी दहेंरा।५

न आचार मान्ने सदाचार ढाल्ने
बिचारी कुरौटे समाचार बोल्ने
सिलौटो र लोरो पटक्कै नटेर्ने
फलाहार बोको घिचे बीस धार्ने।६

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x