भीम गाैतमफुर्के शहर
बलेको बत्ती निभाउँदै उज्यालो छैन भनेर उभद्रो मच्चाइन्छ मान्छे बेचिएको छ तर, मुर्कट्टाहरू भाग्यको कमाल भनेर आफू लाई निरस निर्लज्जले फाटेको छ ।

भीम गौतम :
पेटभरि खान नपाउँदा पनि
अघाएझैँ मुन्टो हल्लाएर
बोली फुट्न नसक्ने मेरो शहर
हाँस्न नसक्दा पनि
दुःखले हाँसिदिनु पर्ने
बोल्नै मन नलाग्दा
अभिनयको ताल झिक्दै
खोकीको छिटा झिक्दै
बोल्नै पर्ने यो शहर
लिन खोजे यो शहरमा
सबै लिलाम कबाडी पाइन्छ
बाहिर पफ्र्युम आदर्श छरेर
भित्र डुङ डुङ भेटिन्छन्
यहाँ कर्कशलाई
सकश बनाइन्छ
अस्तित्व लाई
अस्तित्व बिनाको धराप खनिन्छ
बलेको बत्ती निभाउँदै
उज्यालो छैन भनेर
उभद्रो मच्चाइन्छ
मान्छे बेचिएको छ
तर, मुर्कट्टाहरू
भाग्यको कमाल भनेर
आफू लाई निरस निर्लज्जले फाटेको छ
र त यो शहर
आशमा डुब्दै
ङिच्च दाँत देखाउँदै
दाँतकै व्यापार गरेर
बाँच्न सिकेको छ
यो फुर्के शहर ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































