साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुर्के शहर

बलेको बत्ती निभाउँदै उज्यालो छैन भनेर उभद्रो मच्चाइन्छ मान्छे बेचिएको छ तर, मुर्कट्टाहरू भाग्यको कमाल भनेर आफू लाई निरस निर्लज्जले फाटेको छ ।

Nepal Telecom ad

भीम गौतम :

पेटभरि खान नपाउँदा पनि
अघाएझैँ मुन्टो हल्लाएर
बोली फुट्न नसक्ने मेरो शहर
हाँस्न नसक्दा पनि
दुःखले हाँसिदिनु पर्ने
बोल्नै मन नलाग्दा
अभिनयको ताल झिक्दै
खोकीको छिटा झिक्दै
बोल्नै पर्ने यो शहर
लिन खोजे यो शहरमा
सबै लिलाम कबाडी पाइन्छ
बाहिर पफ्र्युम आदर्श छरेर
भित्र डुङ डुङ भेटिन्छन्
यहाँ कर्कशलाई
सकश बनाइन्छ
अस्तित्व लाई
अस्तित्व बिनाको धराप खनिन्छ
बलेको बत्ती निभाउँदै
उज्यालो छैन भनेर
उभद्रो मच्चाइन्छ
मान्छे बेचिएको छ
तर, मुर्कट्टाहरू
भाग्यको कमाल भनेर
आफू लाई निरस निर्लज्जले फाटेको छ
र त यो शहर
आशमा डुब्दै
ङिच्च दाँत देखाउँदै
दाँतकै व्यापार गरेर
बाँच्न सिकेको छ
यो फुर्के शहर ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
आमा

आमा

भीम गाैतम
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x