साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्यारो सालो

ऊसँग सहराँ राख्यो दाजुभाइ सबैलाई त्यहीँ डाक्यो ? सत्मार्ग तिनलाई किन पच्थ्यो ? सत्वचन तिनलाई किन रुच्थ्यो तैपनि ऊ बन्यो सत्यको रालो विचरा ! त्यो बन्यो प्यारो सालो ।

Nepal Telecom ad

देवीप्रसाद चापागाइँ :

फाट्ट‌फुट्ट परीक्षामा चीट चोर्थ्यो
कसैले नदेखे दराज फोर्थ्यो
झट्टपट्ट सङ्‌कटमा मुखुण्डो भिर्थ्यो
विचरी ! सासूलाई उसको पीर थ्यो
हार्नु परे चिथर्थ्थो आफ्नै गालो
विचरा मेरो जेठो सालो ।

पहिलो चोटीमै उसलाई नाफा भाथ्यो
बुढीसँग एउटी झट्केली पाथ्यो
ऊ पनि हिंडी अर्की ल्याथ्यो
त्यसबाट उसले नाति पाथ्यो
पहिलीबाट उसलाई बिहे खर्च जुऱ्यो
त्यही दिनमा उसले भट्टीको तिऱ्यो
इज्जतको के कुरा रहेन टालो
विचरो मेरो माहिलो सालो ।

चियाको पैसो कहिल्यै तिरेन
मन्दिरमा त्यो मोरो कहिल्यै छिरेन
गाँजा चुरोट भेट्‌थ्यो त्यही तान्थ्यो
रिस उठे आमालाई नै कुट्न जान्थ्यो
सासू आमा जहिल्यै रुन्थिन्
रुँदारुँदा कहिले बेहोस् हुन्थिन्
आमाप्रति मन सधैँ कालो
विचरा ! मेरो साहिँलो सालो ।

बत्तीसमा उनी विधवा भइन्
तीन वर्षपछि नै सासू गइन्
छोराछोरी हुर्काउन के चाहिँ गरिनन् ?
पेटभरि तिनले सुत्नै पाइनन्
वर्षाैंतक मिठो मसिनो खाइनन्
एउटा बल्ल लाग्यो आशाको जालो
विचरा ! राम्रो भो काहिँलो सालो ।

कान्छो सालो वनारस गाथ्यो।
उतै पढी बढी शास्त्री भाथ्यो
सहराँ फर्की बस्ती जोड्यो
आफू जस्तै पढेकी जोई खोज्यो
त्यो थियो अलिअलि कालो
सबैले चिन्ने कान्छो सालो।

ऊसँग आमालाई सहराँ राख्यो
दाजुभाइ सबैलाई त्यहीँ डाक्यो ?
सत्मार्ग तिनलाई किन पच्थ्यो ?
सत्वचन तिनलाई किन रुच्थ्यो
तैपनि ऊ बन्यो सत्यको रालो
विचरा ! त्यो बन्यो प्यारो सालो ।

०००
२०८१-०६-१२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोली

बोली

देवीप्रसाद चापागाईं
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x