खगेन्द्र नेउपानेनेता, शिक्षक र अपमान
तथापि ऊ भित्रको म कहिले मर्ने छैन तर दया गरेर नेता नबनाऊ किनकि कृत्रिम मर्यादाको दम्भमा अभिमानका लप्काहरु फाल्दै उसले मेरो अपमान गर्नेछ ।

खगेन्द्र नेउपाने :
(के गर्नु त मन्त्री ज्यू !
मर्न पनि सकिएन
कुनै गतिलाे काम गर्न पनि सकिएन
हजुरले भन्नुभएको सही हाे
हाम्राे यथार्थ यही हाे
कतै काम नभेट्टाएर
माष्टर हुन आउनेलाई
किन तलव बढाउनु पर्याे
हाे हजुर ! परिस्थितिले यस्तै गर्याे )
मेराे सर
कुनै कुइनेटोमा दोबाटोमा
हाट बजार र बाटोघाटोमा
जब उ आफ्नी आमासँग हुन्छ
मलाई औंल्याउँदै आमासँग भन्छ
मम्मी, हेर्नु मेरो सर !
उस्को, मेरो भित्र
म प्रतिको अधिकार
गौरवसाथ स्तम्भित भैरहेको हुन्छ
जीवनलाई बुझ्न नसकेका उस्का आँखाहरुले
मेरो अनुहारलाई मुसारीरहेको हुन्छ
म उस्को प्यारो बाल्यावस्थालाई
सर्वोत्तम् उपहार ठानेर
सम्मानित भैरहेको ठान्छु
यसैलाई म अनुपम मर्यादाको अत्युच्च उपहार मान्छु ।
हे प्रारब्ध !
मेरो नर्सरीको कलिलो पौधालाई
जीवनको उन्नत रङ्ग देखाऊ
उस्को कर्मरेखामा
डाक्टर इन्जिनियर लेखाऊ
कृषि उद्योग पर्यटन
पत्रकार वकिल र शिक्षक बनाऊ
देश विदेशका श्रमिक बनाऊ
कवि कलाकार बनाऊ
तथापि ऊ भित्रको म कहिले मर्ने छैन
तर दया गरेर नेता नबनाऊ
किनकि
कृत्रिम मर्यादाको दम्भमा
अभिमानका लप्काहरु फाल्दै
उसले मेरो अपमान गर्नेछ ।
०००
गाैरादह, झापा
Subscribe
Login
0 Comments
Oldest








































