साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता, शिक्षक र अपमान

तथापि ऊ भित्रको म कहिले मर्ने छैन तर दया गरेर नेता नबनाऊ किनकि कृत्रिम मर्यादाको दम्भमा अभिमानका लप्काहरु फाल्दै उसले मेरो अपमान गर्नेछ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

(के गर्नु त मन्त्री ज्यू !
मर्न पनि सकिएन
कुनै गतिलाे काम गर्न पनि सकिएन
हजुरले भन्नुभएको सही हाे
हाम्राे यथार्थ यही हाे
कतै काम नभेट्टाएर
माष्टर हुन आउनेलाई
किन तलव बढाउनु पर्याे
हाे हजुर ! परिस्थितिले यस्तै गर्याे )

मेराे सर
कुनै कुइनेटोमा दोबाटोमा
हाट बजार र बाटोघाटोमा
जब उ आफ्नी आमासँग हुन्छ
मलाई औंल्याउँदै आमासँग भन्छ
मम्मी, हेर्नु मेरो सर !

उस्को, मेरो भित्र
म प्रतिको अधिकार
गौरवसाथ स्तम्भित भैरहेको हुन्छ
जीवनलाई बुझ्न नसकेका उस्का आँखाहरुले
मेरो अनुहारलाई मुसारीरहेको हुन्छ
म उस्को प्यारो बाल्यावस्थालाई
सर्वोत्तम् उपहार ठानेर
सम्मानित भैरहेको ठान्छु
यसैलाई म अनुपम मर्यादाको अत्युच्च उपहार मान्छु ।

हे प्रारब्ध !
मेरो नर्सरीको कलिलो पौधालाई
जीवनको उन्नत रङ्ग देखाऊ
उस्को कर्मरेखामा
डाक्टर इन्जिनियर लेखाऊ
कृषि उद्योग पर्यटन
पत्रकार वकिल र शिक्षक बनाऊ
देश विदेशका श्रमिक बनाऊ
कवि कलाकार बनाऊ
तथापि ऊ भित्रको म कहिले मर्ने छैन
तर दया गरेर नेता नबनाऊ
किनकि
कृत्रिम मर्यादाको दम्भमा
अभिमानका लप्काहरु फाल्दै
उसले मेरो अपमान गर्नेछ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
चुनाव ??

चुनाव ??

खगेन्द्र नेउपाने
बूढाकाे सत्ता ढाल

बूढाकाे सत्ता ढाल

खगेन्द्र नेउपाने
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x