कुमार खड्कासमसामयिक प्रसङ्ग…
झोले त झोले, धेरै पहिल्यै देखी झोले अति भयो भनेर अब बल्ल मुख खोले थेचरो भएपछि नकचरो बन्ने हो आखिर, लाजको साउती भन्दा आफ्नै शब्दमा बोले ।

इ. कुमार खड्का :
हिजो आज एथार्थ बोल्दा कडा हुने रै’ छ
जस्को बारे बोल्यो उस्कै अखडा हुने रै’ छ
धन्न ! थोत्रो धाक, बचेको साखले मात्र हो,
नत्र नचाहेरै बेकामको लफडा हुने रै’ छ । १
विचार गर्नु प्रश्न सोध्दा झप्पु लाउन थालिसके
लेख्नेलाई छुट छैन लोप्पु लाउन थालिसके
बोल्दा साउती गर्नु, सुन्दा आँखा घुमाउनु नत्र,
सुण्डमुण्डले ठाउँमै थप्पु लाउन थालिसके । २
हातको मैला सुनको थैला, भन्ने धनवान् हुन्
साग र सिस्नु खाएको बेस, भन्ने धीमान् हुन्
टाउको मुताविक बुद्धि सन्तान थरी थरीका,
‘झोले हुँ’ भन्दै हृदयले गर्व गर्ने पनि महान् हुन् ।३
झोले त झोले, धेरै पहिल्यै देखी झोले
अति भयो भनेर अब बल्ल मुख खोले
थेचरो भएपछि नकचरो बन्ने हो आखिर,
लाजको साउती भन्दा आफ्नै शब्दमा बोले ।४
०००
आलापोट, काठमाण्डौं ।
२०८२/०२/२१
Subscribe
Login
0 Comments
Oldest








































