हरि कोर्कालीआफैँ सङ्कटमा
केही बनाउने निहुँमा केही बचाउने निहुँमा केही खोज्ने र केही पाउने निहुँमा भेटे जति सबै र छोए जति सबै विगारि रहेछ र आफैँ सङ्कटमा परि रहेछ । अब पनि यो मन्द प्रवृत्ति कायमै रहे एक दिन ऊ आफै विनष्ट हुन सक्छ ।

हरि काेर्काली :
भनिन्छ मानिस
पृथिवीको शृङ्गार हो
विश्व वाटिकामा फुलेको सुन्दर फुल हो
ब्रह्माण्डकै शोभा हो
विधाताले आफै बस्न भनी बनाएको
सुरम्य मन्दिर हो ।
हो पनि
आध्यात्मिक छउन्जेल मानिस सबै सबै हो
तर, आधुनिकताका नाममा
अध्यात्मबाट टाढिदै टाढिदै
जे गर्दा पनि आफैलाई
केन्द्रमा राख्न थालेपछि
ऊ आफै पनि विग्रि रहेछ
अरूलाई पनि विगारि रहेछ ।
उसले
हावा, पानी र माटो विगारि रहेछ
हिमाल, पहाड र मैदान बिगारि रहेछ
जङ्गल, प्रकृति र संस्कृति विगारि रहेछ
ऋक्ष, अन्तरिक्ष सबैको मङ्गल भत्काइ रहेछ।
केही बनाउने निहुँमा
केही बचाउने निहुँमा
केही खोज्ने र केही पाउने निहुँमा
भेटे जति सबै र
छोए जति सबै विगारि रहेछ
र आफैँ सङ्कटमा परि रहेछ ।
अब पनि यो मन्द प्रवृत्ति कायमै रहे
एक दिन ऊ आफै विनष्ट हुन सक्छ ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































