साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन बस्छस् अमेरिका ?

लछार् पाटो के नै ल्यायो तेरो विज्ञानले ? खोजी पसे के भन्दैन वेद–पुराणले ? भाषणमा ताली ठोक्दै झोला बोके हुन्न ! किन बस्छस् अमेरिका ? आइज झोले बन्न !

Nepal Telecom ad

डा. शरद परासर मरहट्टा :

कस्ले भन्यो ? केले तान्यो ? फेरिएछ मन,
धेरैपछि पिताजीको देखेँ कडापन।
चर्को डाँको गरिकन थाल्नुभयो भन्न,
“किन बस्छस् अमेरिका? आइज झोले बन्न !”

पण्डित्याईं किन छाँट्नु ? पुग्यो लेख्न, पढ्न,
अगुवाको नजरमा किन पर्यो सड्न ?
विद्यालय नदेखेका ‘बुद्ध’ हेरे हुन्न ?
किन बस्छस् अमेरिका ? आइज झोले बन्न !

जिम्मेवारी किन लिन्छस् ? किन सास्ती बोक्छस् ?
समयको बहावलाई कहिलेसम्म रोक्छस् ?
बोके झोला यतै पनि कमाइन्छ टन्न,
किन बस्छस् अमेरिका ? आइज झोले बन्न !

लछार् पाटो के नै ल्यायो तेरो विज्ञानले ?
खोजी पसे के भन्दैन वेद–पुराणले ?
भाषणमा ताली ठोक्दै झोला बोके हुन्न !
किन बस्छस् अमेरिका ? आइज झोले बन्न !

मुनिदेव सीमा छेउ अल्मलिँदै थिए,
देश छिरे, ‘कपिल’ले झोला जिम्मा लिए।
‘राम’ आए ठोरी हुँदै, तैँले आउन हुन्न ?
किन बस्छस् अमेरिका ? आइज झोले बन्न !

०००
नर्थ क्यारोलिना, अमेरिका
(जुन २०, २०२५)

Subscribe
Notify of
guest

5 Comments
Oldest
Newest Most Voted
पदम भण्डारी
पदम भण्डारी
1 year ago

किन बस्छस् अमेरिका ? आइज झोले बन्न !

हो हो, छिटो आईजा । जति ढीलो अर्यो तेती पछुतो हुन्च । छिटो मुन्टि नेपाल ।

Padma Nath Atreya
Padma Nath Atreya
1 year ago

आहा कस्तो मार्मिक । सलाम छ सरलाई ।

Narendra lama
Narendra lama
1 year ago

मित्र नेपाल वस्न नेताकाे झाेले वन्नु पर्छ भन्ने छैन स्वतन्त्र भएर वाच्ने आधारहरू राम्रै छ मित्र। कविता राम्राे लाग्याे धन्यवाद।

Ganapati pandey
Ganapati pandey
1 year ago

Dherai ramro

Kamala Marahatta
Kamala Marahatta
1 year ago

Sarai ramro kabita👏👏

Nepal Telecom ad
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
झ्यालबाहिरको रौनक

झ्यालबाहिरको रौनक

डा. शरद परासर मरहट्टा
ऊसँगका हाँसो, खुसी र पीडाका पलहरू

ऊसँगका हाँसो, खुसी र...

डा. शरद परासर मरहट्टा
‘निरो’का बाँसुरी सुन्नेहरू

‘निरो’का बाँसुरी सुन्नेहरू

डा. शरद परासर मरहट्टा
लुतो फालिस् तैँले ?

लुतो फालिस् तैँले ?

डा. शरद परासर मरहट्टा
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
5
0
Would love your thoughts, please comment.x
()
x