साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्गकाे साेम पार्टीमा कविगाेष्ठी

उहाँ भन्दा यहाँ सबै थोक फालाफाल छ तर साथीहरु हो, जाँडको अनिकाल छ जाँड नभए पनि अप्सराहरुको मालामाल छ यहाँ सबै अपरम्पार छ साथीसाथी यान्ड कम्पनी लिमिटेडको व्यापार छ ।

Nepal Telecom ad

हाेम सुवेदी :

स्वर्गकाे साेम पार्टीमा कविहरूबाट वाचन गरिएका केही कविताहरू:

विष्णु नवीनः
प्रकृति पनि कति पापी
सुन दियो, नुन दियो
घाम दियो जुन दियो
खानी दियो पानी दियो
लाेग्ने दियाे स्वास्नी दियाे
हामी आमाबाबुलाई नानी दियो
धेरैलाई धेरै थोक दिएर पनि
गरिबलाई अघाउँजी किन माड दिएन
म जस्ता जँड्याहालाई
छाद्ने गरी किन जाँड दिएन ?

हरिभक्त कटुवालः
दुईटा घ्याम्पो अखमबाट
साथै ल्याए जस्तो लाग्छ
ल्याउँदा ल्याउँदै बाटै बिचमा
घैँटो फुटे जस्तो लाग्छ ।
स्वर्ग भन्छौ साथीहरु
यो ता नर्कै लाग्याे मलाई
घाँटी सुकाइ बस्नु भन्दा
उतै फिरौं जस्तो लाग्छ ।

भूपि सेरचनः
पाइँदैन जाँड स्वर्गमा साथी लिएर नआए
बन्दैन स्वर्ग दुई चार घ्याम्पा लिएर नआए
जँड्याहा कोही आउँदै पो छ कि आत्तिनु पर्दैन
भुषण बल आएछन् हेर डराउनु पर्दैन ।

लेखनाथः
नेपालीमा हरिभगतको गीत सारै गरुङ्गो
दुर्गाजीकै समीप बसने भावना थ्यो गरुङ्गो
जैले फुट्ला हरिभगतको जाँडको भाल पुङ्गो
तैले मात्रै हरिभगतको तिर्सना लाग्छ टुङ्गो ।
ऊ खाओस् उही लाओस् सुख सयल वा मोज ऊ गरोस्
ऊ बाँचोस् उही नाचोस् अरु सब मरुन् मोज नगरी
भनी दारा धस्ने अबूझ शठदेखी छक परी
निकै घ्याम्पा धोकी हरिभगत नाच्यो मरी मरी ।

भवानी घिमिरेः
स्वर्ग छ चित्रगुप्त छ
यमराज छ, इन्द्र छ
इन्द्रको मात्र के कुरा भो र मित्रहरु
इन्द्रेको बाबु चन्द्रे पनि यहीं छ
उहाँ भन्दा यहाँ सबै थोक फालाफाल छ
तर साथीहरु हो, जाँडको अनिकाल छ
जाँड नभए पनि अप्सराहरुको मालामाल छ
यहाँ सबै अपरम्पार छ
साथीसाथी यान्ड कम्पनी लिमिटेडको व्यापार छ ।

कृष्णभुषण बल:
उहाँ ता थियो थियो
यहाँ पनि किन कन्ट्राेल हँ
काेदाकाे ता छँदै छैन
यो स्वर्गमा किन सोम हँ
उत्तानो टाङ लाएर सुत्न पनि नपाइने
जता भन्यो उतै मुत्न पनि नपाइने
अघाउँजी खान पनि नपाइने
जता मन भो उतै जान पनि नपाइने
न छाद्न पाइने
न पाध्न पाइने
न विराटनगर छ
न जोगबनी छ
मलाई ता यो स्वर्गक‍ाे सोमले
छुँदा पनि छोएन
यस्ताे भन्दा ता खैनी नै राम्राे
नहरपारि राम्रो
तीनपैनी राम्रो
यहाँ न आनन्द न हर्क
स्वर्ग भन्नु मात्र रहेछ
यो रहेछ नर्क ।

हिरा आकास:
भन्थे स्वर्ग नरम छ, तर मैले देखेँ चाम्रो
यो ता यिनै देताकाे रैछ भन्न सकिएन हाम्राे
अघाउँजी खान नपाइने याे स्वर्ग भन्दा ता
लेखनाथ चाेककाे भट्टी पसलै राम्राे ।

लीलाध्वज थापा:
कुखुरी काँ
सहाँको साेम भन्दा ता
बरु उही बासी भात खाँ
जता मन लाग्थ्यो उतै जाँ
तीन पाने नपाए पनि हुन्थाे
दुई पाने नै खान पाऊँ
आँ……. ।

लक्ष्मीप्रसाद देवकोटाः
जँड्याह हो लौ सुखको म झैं धनी
मिल्दैन यो स्वर्ग भरि कतै पनि
त्यो जाँडको लालस दास छैन म
म ता सधैं तान्छु चुरोटको धुवाँ ।

बाहुन् चरी हुँ म त जाँड छुन्न
यो स्वर्गमा आइ् बिटुलो म हुन्न
डढे डढून् हात चुरोट तान्छु
जँड्याहको संगत छोडी जान्छु ।

सिद्धिचरण:
आजको कवि गाेष्ठी
ह्यैँ सकेर ल्यायो।
ढन्नेबाड ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x