साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाँडामा पुगेकाे एउटा बूढाे जून

आज फेरि हेरिरहेछु पश्चिमको डाँडाबाट झर्दै गरेको त्यस बूढो जूनलाई थाकेको, तर तृप्त एकातिर अस्ताउँदै गरेको जस्तो अर्कातिर फेरि भोलि फर्कने वाचा बोकेर जानेजस्तो।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

घुर्मैलाे बादलकाे कपाल ओढेर
फुल्दै गरेका आँखी भाैं
झमझम पारेर
दुनियाँलाई अश्रुमिस्रित बिदाईकाे ताल दिंदै
पश्चिमकाे डाँडामा पुगेकाे छ एउटा जून ।

धेरैपल्ट आकारकाे परिवर्तन सहेर
सँधैभरि एउटै अनुहारमा रहेर
महिनामा एकपल्ट मेरै आँगनकाे
बकैनाकाे बाेटमा अल्झिन आइपुग्छ
म आँखाभरि माया भरेर हेर्छु
सँधै नदेखेको जस्तो गरेर हेर्छु

तर
नअडिएका स्वप्न बिम्बका
सुमधुर साैगातहरु पस्किएर
एकै छिन दुख सुखकाे मदिरा पिएर
आफू हाेइन अरुलाई नै मदहाेस बनाएर
अस्ताचलकाे बाटाे समाएकाे
अस्थायी जवानी जस्तो
पश्चिम डाँडामा पुगेकाे छ एउटा जून ।

कहिलेकाहीँ
उसको उज्यालो च्यातिएर
मेरो मनमा पोतिन्छ
र म कविताका अक्षरहरू भित्र
उसलाई देख्न थाालिन्छ ।

आज फेरि हेरिरहेछु
पश्चिमको डाँडाबाट झर्दै गरेको
त्यस बूढो जूनलाई
थाकेको, तर तृप्त
एकातिर अस्ताउँदै गरेको जस्तो
अर्कातिर फेरि भोलि
फर्कने वाचा बोकेर जानेजस्तो।

सायद
ऊ पनि बुझ्छ
जीवन भनेको पनि
घाम लागेपछि ओझेल हुने जून नै हो
तर सम्झनाको प्रकाश
कहिल्यै अस्ताउँदैन।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x