साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झण्डाभित्र लुकेका बारूला

अब जनताले गन्नेछन् तिम्रा टाउकाहरू, जुन झण्डाको ओझेलमा देश लुटिरहेछौ । त्यहीबाट फर्दाफास हुनेछ, कालो कर्तुत अनि काँप्नेछन् तिम्रा पाँसुलाहरू, खुल्नेछ होस ।

Nepal Telecom ad

चेवन वस्नेत ठूलाघरे :

झण्डा फर्फराउँदा, देशको आत्मा बोल्छ
रङहरूमा लुकेको इतिहास बोल्छ,
रगत र आँसुको, बलिदान बोल्छ ।
तर आज,
झण्डाको भित्री पत्रमा लुकेका छन,
कथित बारूलाहरू
जसले न त गोली हाने, न त घाउ सहे,
तर शान्तिको मुखुण्डो लगाएर,
युद्धको मलामी बनिरहेका छन् ।

उनीहरू
झण्डामा हात राख्छन् र कसम खान्छन्,
रडले झण्डा उठाउँछन र कफन टाउकोमा बेर्छन्
झण्डाकै कात्रो बनाएर श्रद्धान्जली दिन्छन्
तर त्यो झण्डा मुटुमा राख्दैनन् ।
म देशको मलामी हुँ त्यो ठान्दैनन् ।

उनीहरूको नाता, सत्यसँग होइन,
सत्तासँग जोडिएको छ ।
लालचा र भ्रष्टाचारसँग जोडिएको छ
त्यसैले त
देशलाई माया गर्छु भन्छन्,
सौदा गर्ने टेबुलमुनि,
राष्ट्रियताका टुक्रा बेचिरहेका हुन्छन् ।
गालामा म्वाइ खाएर,
मुटुमा छुरा हानिरहेका हुन्छन् ।

कसरी विश्वास गरौं ?
जब झण्डा आफ्नै पोलमा,
क्रस बनेर टाँगिएको देखिन्छ,
देशभक्तिको गीत गाउने जिब्रोले,
घातको मन्त्र बर्बराइ रहन्छ ।
जब माटोलाइ अँगालो हाल्न खोजिन्छ,
त्यसकै छायाँभित्र, छुरा लुकाइएको हुन्छ,
विसाक्त तन्तुको जालो बिच्छ्याइएको हुन्छ ।

बारूला लुकेको,
नत जनताले देख्छ, न त न्यायले देख्छ ।
तिम्रो होस् वा मेरो आँखामा,
रतन्धो लगाइदिन्छ
अनि
उनीहरूलाई लाग्छ,
देश भनेको अवसर हो,
संविधान भनेको खोल हो,
र देशभक्त भनेको अभिनय हो !
नेता नै परमेश्वर हो ।

यिनै बारूलाले टोकिरहँदा
माटोले सम्झन्छ, रगतले लेख्छ,
र पसिनाले बोल्छ,
तर झण्डा भित्र लुकेका बारूला
झन् शसक्त हुन्छन, डस्ने क्षमता अथाह हुन्छ
काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ

तर
अब जनताले गन्नेछन् तिम्रा टाउकाहरू,
जुन झण्डाको ओझेलमा देश लुटिरहेछौ ।
त्यहीबाट फर्दाफास हुनेछ, कालो कर्तुत
अनी काँप्नेछन् तिम्रा पाँसुलाहरू, खुल्नेछ होस
त्यसैवेला,
देशको कलम बन्दुक बन्न सक्छ
तिमीले खाने लालिपप गोलीबन्न सक्छ
र देशका लागि मानिस, फेरि शहीद बन्न सक्छ ।

०००
२०८२ असार १३,
काठमाण्डौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

चेवनचन्द्र बस्नेत
सासू र मुमा

सासू र मुमा

चेवनचन्द्र बस्नेत
वृद्ध जोडी

वृद्ध जोडी

चेवनचन्द्र बस्नेत
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

चेवनचन्द्र बस्नेत
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x