साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मी उदाऊ अब !

जस्तै छन्द रहोस् तथापि गमिदै ,लेख्थ्यौ घरैमा बसी कोर्थ्यौ रे रचना अनन्त गतिमा, चाहे सुकोस् त्यो मसी तिम्रा ती जति छन् बुलन्द रचना, हुन् राष्ट्रका वैभव साँचो काव्य समस्त लेख्नु छ अझै,लक्ष्मी उदाऊ अब ।

Nepal Telecom ad

विदुर अधिकारी :

हे लक्ष्मी शुभ काव्य-सारथि तिमी, हौ विश्वकै चेतना
तिम्रा काव्य पढेर नै हृदयमा, बग्छ्न् नयाँ भावना
छोटो आयु हुँदै चुँड्यो निठुर भै, त्यो काल आई सब
साँचो काव्य समस्त लेख्नुछ अझै, लक्ष्मी उदाऊ अब
(१)

लेख्थ्यौ भावुक भै समस्त रचना, आनन्दका साथमा
फुर्दा सुन्दर खण्डकाव्य सजिलै, लेख्यौ उही रातमा
यस्तो सत्प्रतिभा विलक्षण कला, झिक्थ्यौ तिमी केवल
साँचो काव्य समस्त लेख्नु छ अझै, लक्ष्मी उदाऊ अब
(२)

तिम्रा सत् कृतिमा तरङ्ग छ बडो, स्वच्छन्दतावादको
झल्केको छ स्वदेशभक्ति सबमा, जो सत्य आस्वाद हो
लेख्थ्यौ ती रचना विभिन्न रसमा, हे काव्यका साधक
साँचो काव्य समस्त लेख्नु छ अझै,लक्ष्मी उदाऊ अब
(३)

जस्तै छन्द रहोस् तथापि गमिदै, लेख्थ्यौ घरैमा बसी
कोर्थ्यौ रे रचना अनन्त गतिमा,चाहे सुकोस् त्यो मसी
तिम्रा ती जति छन् बुलन्द रचना, हुन् राष्ट्रका वैभव
साँचो काव्य समस्त लेख्नु छ अझै,लक्ष्मी उदाऊ अब
(४)

राणा शासनको विरुद्ध उभियौ, यो भूमिको निम्तिमा
यो सम्पत्ति त भन्दथ्यौ मयल हो, के फस्दथ्यौ लोभमा
केही मान दिएन जीवित छँदा, यो राज्यले सायद
साँचो काव्य समस्त लेख्नु छ अझै, लक्ष्मी उदाऊ अब ।
(५)

०००
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
सफल वृद्ध बनौँ

सफल वृद्ध बनौँ

विदुर अधिकारी
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x