साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आओस् अक्कल

चाम्रो चाल चलोस् नयाँ चलनमा खाँडो जगाईकन मालामाल हुने र राष्ट्र दुहुने आऊँन् सुनौला दिन । मेरो मात्र सदासदा रहरिलो वैकुण्ठ कुर्सी बनोस्‌ मेरो हैकमको प्रसिद्धि जनले देखेर आहा ! भनोस् ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

यात्रामा गतिशील बन्न म सकूँ भेट्ने गरी आसन
भन्ने भाव, प्रभावमा महकिलो ठोक्ने गरूँ भाषण ।
नेपाली ममचा बनून् दिनदिनै चम्चा र काँटा बनून्‌
सारा सज्जन सेकुवासरि बनून् राम्रो मलाई भनून् ॥

जात्रामा चलखेल छन् तर सधैँ सत्ता घुमोस् फन्फनी
बन्ने लक्षण देखियोस् प्रगतिमा मेरो नयाँ जीवनी ।
नेपाली जनता भएर मुरली, गाना बजाना गरून्‌
साथी चञ्चल छन् भकुर्न भरिया आँखा चनाखा झरून् ॥

पार्टीका घटमा बलेर बिजुली सर्वोच्चता चर्कियोस्‌
साझा देश विशेषको रहरिलो सम्भावना घर्कियोस् ।
नोटैनोट लिएर यो बखतमा आफू बनूँ चर्चित
चोटैचोट दिएर मालिक बनूँ ! इच्छा भयो सिर्जित ॥

चाम्रो चाल चलोस् नयाँ चलनमा खाँडो जगाईकन
मालामाल हुने र राष्ट्र दुहुने आऊँन् सुनौला दिन ।
मेरो मात्र सदासदा रहरिलो वैकुण्ठ कुर्सी बनोस्‌
मेरो हैकमको प्रसिद्धि जनले देखेर आहा ! भनोस् ॥

मौलाएर दरिद्रता दिनदिनै जम्मै बनून् काँतर
भोगी दुर्दिन, राष्ट्रका जन सुकून् गर्दै रहून् आदर ।
भोका छन् दुनिया भनी अलिकता चिन्ता नहोस् बिल्कुल
नेपाली जनता परून् सकसमा आफ्‌नो बनोस् स्कुल ॥

नाताका घर छन् विशाल चुचुरा, साला र साली धनी
नातावाद विकासले गति लियोस् पार्टी फुटोस् तापनि ।
जागोस् तक्दिर शान्तिसाथ जिउने आफ्‌नो बनोस् नौ तला
आओस् अक्कल भ्रान्ति छर्न सकिने, ढाँट्ने र लुट्ने कला ॥

०००
नागार्जुन न.पा.–१, रानीवन, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x