साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौरो ?

Nepal Telecom ad

लौरो ?

हो अर्थात् तोक्मा
जसलाई आवश्यक पर्दा टेके पनि हुन्छ
देखाएर त्यसैलाई बस्तुभाउ छेके पनि हुन्छ
जङ चल्दा फालिदिए पनि हुन्छ
खाँचो पर्दा कपासझैँ उडाएर
घरको दलिन हालिदिए पनि हुन्छ
अरू त अरू, त्यसैको टेको लगाएर
उँटको बिहेमा जन्ती भा’को दृष्य हेरे पनि हुन्छ
एउटा यस्तो छोरो छ
न होचो छ न गोरो छ
छक्कापञ्जा जान्दैन
शुद्ध एउटा लौरो छ ।

ऊ ज्ञानी छ, दानी छ
त्यसैले त आँखाको नानी छ
किन कि उसलाई त देऊ बा भन्नुपर्छ
आँखा चिम्लिएर दिन्छ
लाऊ बा भन्नुपर्छ
टाउकाले टेकेर लिन्छ
आनाकानी गर्दैन, फकाई, फुल्याई पर्दैन
एउटा यस्तो छोरो छ
न होचो छ न गोरो छ
छक्कापञ्जा जान्दैन
त्यसैले छोरो भन्नु के छ
शुद्ध एउटा लौरो छ ।

ओ महोदय,
तपाईंको पनि यस्तै एउटा छोरो छ ?
छ भने, नाक फुलाए हुन्छ
किनकि, अब तपाईं यहाँबाट आफ्नो घर नपुग्दै
कुन्नि केजाती “प्रधानको बाबु भएकोमा बधाई छ”
भन्ने लेखिएको कार्ड
तपाईंको घरमा पुगिसकेको हुनेछ ।
आफू त ढुक्क छु
किनभने मेरो पनि
यस्तै एउटा छोरो छ
न होचो छ न गोरो छ
छक्कापञ्जा जान्दैन
त्यसैले छोरो भन्नु के छ
शुद्ध एउटा लौरो छ ।

काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बस्छम् बुढाबुढी

बस्छम् बुढाबुढी

गोविन्दबाबु तिवारी
प्रमुख अतिथिको जुत्ता

प्रमुख अतिथिको जुत्ता

गोविन्दबाबु तिवारी
काठमाण्डू

काठमाण्डू

गोविन्दबाबु तिवारी
लौरो

लौरो

गोविन्दबाबु तिवारी
छक्क !

छक्क !

गोविन्दबाबु तिवारी
बूूढी बा !

बूूढी बा !

गोविन्दबाबु तिवारी
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x