साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्योल छोरीसँग

Nepal Telecom ad

अचम्म देखिरहेछु
विद्वानहरू मागिरहेछन्
प्राज्ञसत्ता
भेंडाच्याङ्ग्राझैं डोर्याउँदै
बानर र सुग्रीवहरूले–
निर्लज्ज चराइरहेछन्
विद्वतालाई ।
विचित्र संयोग–
यस बेला मेरी सानी छोरी
सोधिरहेकी छे मसँग
बाबा ! मेरो नैतिक शिक्षा हरायो
म कुन किताब पढूँ ?

निर्निमेष–
उसका मौन आँखालाई हेर्दै
म उसका–
सल्लेरी केश सुमसुम्याउँछु
र पढ्छु उसका मनका भाषा
अविराम जिज्ञासाका लहरहरू
मनभरि खेलाउँदै ऊ
खोजिरहेकी छे
एउटा अनुकूल उत्तर
खै के भनूँ स दुबिधाग्रस्त म
फेरि एकपल्ट
एकोहोरिन्छु, टोलाउँछु
र सम्झाउँछु उसलाई
अनैतिकताको भासमा
नैतिकता डुब्न लागेका बेला
के अर्थ हुन्छ छोरी ? नैतिक शिक्षाको
हराओस् हराउन देऊ
जीवनका पानाहरूमा उपेक्षित छन्
अनुभुति शब्द र अक्षरहरू
उपेक्षित छन्
नैतिकता इमान र आदर्श ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
लडाइँ

लडाइँ

विवश पोखरेल
मुसे उत्पात

मुसे उत्पात

विवश पोखरेल
फिलिमरोग

फिलिमरोग

विवश पोखरेल
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x