साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खेल खतम ! फच्च्या

Nepal Telecom ad

२०५५ सालमा स्थापित हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपालसँग म आबद्ध भएपछि सो संस्थाले बेलाबेलामा आयोजना गर्ने कार्यक्रमको निम्तो पु¥याउन साहित्यकार खगेन्द्र संग्रौला दाइकहाँ गइरहन्थेँ– कि त चियापसलमा कि त घरमा ।

सिस्नुपानी नेपालको संयोजकत्वमा प्रकाशित माणिकरत्न शाक्यद्वारा सङ्कलित सम्पादित कृति हो– हास्यव्यङ्ग्यकार नालीबेली । एउटा हास्यव्यङ्ग्य कृति प्रकाशित भइसकेको हास्यव्यङ्ग्यकारलाई मात्र त्यसमा समावेश गर्ने योजना अनुसार धेरै हास्यव्यङ्ग्यकारहरूलाई वायोडाटा दिन फर्म दिइयो । त्यसमध्ये खगेन्द्र दाइ पनि पर्नुभयो । उहाँको एउटै मात्रै हास्यव्यङ्ग्य कृति हो– फाटेको लँगौटी टालेको दिमाग । फर्म दिएको केही दिनपछि खगेन्द्र दाइलाई भेट्यो कि सोध्थेँ, तयार भा’ छैन दिउँला नि भन्दै भाका मात्रै राख्नुहुन्थ्यो, दिनुभएन । घेरै दिन बितेपछि एकदिन एउटा फर्म बोकी घरमा पुगें उहाँ घरमै हुनुहुँदोरहेछ । त्यसपछि मैले कुरोको मूल विषयवस्तु त्यतैतिर सोझ्याएँ । उहाँले पुस्तकको चाङतिर हेर्दै भन्नुभयो– खै, फर्म कता राखेँ राखें । मैले भनेँ– त्यसै होला भनेर फर्म मैले बोकेरै ल्याएको छु । मैले लिएर गएको फर्म उहाँलाई दिएँ । उहाँले आज मलाई हतार छ, अब त पक्का दिन्छु भन्दै मलाई बिदावारी गर्नुभयो । त्यसको केही समयपछि भेट्दा भोलि यही ठाउँमा छोडिदिन्छु भन्दै उम्किनु भो ।

२०५६ सालमा हास्यव्यङ्ग्यकार नालीबेली प्रकाशित भयो । नालीबेली प्रकाशित गर्न सिस्नुपानीसँग नगद नारायण नभएकाले उधारोमा प्रकाशित गरेका थियौं । संस्थाको निर्णय अनुसार प्रत्येक हास्यव्यङ्ग्यकारले एक प्रति रु.४०।– बराबरको ५ प्रतिको रु. २००।– तिरेर सो कृति किनेरै सहयोग गर्न अनुरोध गरिएको थियो । बायोडाटा दिएर सहयोग गरे वापत हास्यव्यङ्ग्यकारलाई पुस्तक उपहार दिनुपथ्र्यो तर बाध्यताले गर्दा हामी असमर्थ भएका थियौं । कारण हामी माथि ऋणको बोझ थियो । सबैले कामको प्रशंसा सहित सहयोग गरे । तर ५ जना लेखकले भने सहयोग गरेनन् । बरु उल्टै ५ जना लेखक मध्येबाट एकजना लेखकले त कान्तिपुर पत्रिकामा समेत त्यसै विषयमा एउटा लेख्नुभयो । उहाँ हुनुहुन्छ– खगेन्द्र संग्रौला ।

संस्थाको निर्णय अनुसार रु. २००।– बराबरको पुस्तक दिन खगेन्द्र दाइको घर गएँ भेटिन । म हरेस खानेवाला कहाँ थिएँ र ? उहाँलाई दिउँसो चियापसलमा साथीहरूको बीचमा भेटेें । हास्यव्यङ्ग्यकार नालीबेली दिँदै संस्थाको निर्णय सुनाइदिएँ । उहाँले पूरै इन्कार गर्नुभयो । त्यसको केही दिन पछि नै बरू उहाँले कान्तिपुर दैनिकमा नालीबेलीको पुस्तक र पारिश्रमिकको विषयमा लामै लेख छापियो । पुस्तक दिएर रु. २००।– को रकम संस्थाले मागेको, लेखकलाई बायोडाटाको उल्टै पारिश्रमिक दिनुपर्ने जोड दिइएको कुरा लेखमा उल्लेख थियो । प्रकाशित लेख वापत पारिश्रमिक त पक्कै पाउनु भयो होला नि खगेन्द्र दाइ ? त्यो चाहिँ बिर्सने ! त्योे लेख प्रकाशित भएपछि निकै हल्लाखल्ला मच्चियो ।

वायोडाटाको पनि पारिश्रमिक चाहिन्छ भन्ने संग्रौला दाइले कान्तिपुरमा सो लेख लेखे बापतको परिश्रमिक हात लागेको दिन थाहा पाउन पाएको भए क्या मज्जा हुन्थ्यो तर सकिएन । ठाडो र तीतो ओकल्ने लेखक पनि कस्तो छुपेरुस्तम ! मैले वायोडाटाको पारिश्रमिक दिन सकिन, कारण माथि नै भनियो । तर मैले कान्तिपुरमा उहाँलाई सो लेख लेख्न विषय बनाइ दिए बापत मलाई पनि पारिश्रमिक दिनुपर्ने हो कि होइन ? हो भने आजसम्म पनि मैले पाएको छैन ! मैले त दिन सकिन लौ भैगो, उहाँले पनि मलाई दिन सक्नु भएन ।

खगेन्द्र दाइले नालीबेलीको २००।– पनि दिनु भएन । तर सित्तैमा म र मेरो कितावको विज्ञापन गरिदिनु भयो ! त्यसैले त्यसै दिनबाट हामी दुवैको हिसाबकिताव फच्च्या भयो । खेल खत्तम । हैन, फच्या भएकै छैन भनी छ कोही दाबी गर्ने ?

चावहिल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x