साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कन्याइराख्छु

Nepal Telecom ad

लेकै फुल्ने लाली गुराँस पाखा फुल्ने बुकी
गतसाल अन्माईदिए जन्माउने पो छु कि
भीर फुल्ने कुरिलो त बगर फुल्ने काँश
हड्डी मासु तल्लो पेटमा फेर्न गारो सास
लेकै फूल्ने लाली गुराँस पाखा फूल्ने बुकी
उदर भयो यमानको हिंड्छु लुकीलुकी ।

लेक लाग्छ लेक जाँदा तराई औलो जरो
नौ महिनेले छुँदा किन सधँै हुन्छ खरो
लेकै फुल्ने लाली गुराँस पाखा फुल्ने बुकी
वाक्क ब्याक्क हण्डर हजार मरेँ सुकी सुकी ।

मेरो आफ्नो कोही छैन स्वामी राजा सिङ्गो
आफ्नो पाउमा पायल छैन उन्को पाउमा डिङ्गो
घिउ खाने माइत जाने मोइजारोको बेला
देवीदेउता सिमेभूमे नहोस् यो ज्यान हेला
लेकै फुल्ने लालीगुराँस पाखा फुल्ने बुकी
अशक्त छु कामबाट हिँड्छु लुकीलुकी ।

मेरो ईश्वर मेरो प्रभु माइती गुरु चेला
जब बज्छ पञ्चे बाजा अनि पर्छौ फेला
मलाई सबले माया गर नौ महिनेले छुँदा
आँसु सबले पुछ्ने गरौँ यो वैँशमा रुँदा
लेकै फुल्ने लालीगुराँस पाखा फुल्ने बुकी
चिलाई राख्छ कन्याइराख्छु जन्माउने पो छु कि ।

फूलबारी–११, पोखरा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x