साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतालाइ एअरफोन

Nepal Telecom ad

बिहान जाँदै थियो । त्यसैले म घरमै कुकुर्किएको थिएँ जनआन्दोलन पछिका नेता कुकुर्किएझै । मिश्रआमा बाहिरैदेखि भन्दै आउनु भयो “अब नेतालाई एअरफोन किनिदिन पर्दछ ।”

मिश्रमामा जाहिले आए पनि एउटा न एउटा नयाँ कुरा लिएर आउनु हुन्थ्यो । यो उहाँका चिया नास्ता कमाउने उपाय जस्तै भएको थियो । आज पनि त्यसरी प्रस्तुत हुन भयो “नेता लाई …….।”

मैले सोचें सायद कुनै समाचार पत्रले केही विषयलाई लिएर लेख्यो हो, मामालाई मसला भयो तर मनमनै अर्को कुरा पनि सम्झे मिश्र मामा त्यस्ता पत्रिका पढैया कहाँ हुन् र ! ऊ त फुटपाथमा एसो उभिन्छन पत्रिकालाई यसो ओल्टाउँछन् पल्टाउँछन त्यति हो । कहिल्यै किन्दैनन् । यसै गरेर नकिनी नकिनी प्रयोग गर्न वा भोग गर्न अरु विषय पनि पाइन्थे भने मिश्र मामाले विवाह पनि गर्नु हुने थिएन । सडकमा हेरेरै चित्त बुझाउनु हुन्थ्यो । होटलको गन्ध वा वास्ना सुँघिएकै भरमा अघाउनु हुन्थ्यो मामालाई ।

म यस्तै यस्तै कुरा सोच्दै थिएँ । मामा कोठामै फुत्तै पस्नु भो । मैले के छ मामा मात्र सोधेको थिएँ हाजिरी जवाफ दिएझैं मामाले त्यही कुरा भन्नु भो ‘नेतालाई…’

कारण नसोधी सुखै भएन । सोध्दा मामाको जवाफ रह्यो हेर्नुस् भान्जा हामीलाई कसैले केही भन्यो वा आफैले केही भनियो भने त्यो सुनेर हामी त्यही अनुसार गर्ने गर्दछौं तर सुनिएन भने त्यो काम हुँदैन । यो स्वाभाविक कुरा हो हामीलाई जस्तै हाम्रा नेतालाई पनि हुनेनै कुरा हो । अहिले हाम्रा नेता बहिरा परेछन् । तसर्थ भनेको हो ‘नेतालाई एयरफोन किनिदिनुपर्यो ।’

म कुरा नबुझ्नाले एकोहोरो हेरी बसे । मामाले आफै बुझ्नु भो ‘ल हेर्नुस् हाम्रा नेताले के–के कुरा कहिले कहिले भने, कुनकुन काम कहिले सम्ममा गरिसक्ने भनेका हुन् ति काम गरे केही समय सिमा भित्र ।’

मामाका कुराले पनि म झसङ्ग झस्के । होत नि हतियार व्यवस्थापन अन्तरिम संविधान अन्तरिम सरकार तथा संविधान सभा जस्ता महत्वपूर्ण विषयमा त नेताले बोलेको वा सही गरेको समयमा केही भएकै छैन । तसर्थ म ममाकै मुख ताकेर क्वार्रक्वार्रती हेर्या हेर्यै भए– ‘लाटीले…’ झैं ।

मामाले भन्दै जानु भो यो सबै कुरा नेताका कान कमजोरीका कारण भएका हो । कान कमजोरीकै कारण उनीहरू आफूले भनेका कुरा सुन्दैननन्, अरुले भनेको झन् नसुन्नेनै भए त्यसैले काम समयमा हुन सकेको छैन । अतः म पनि सहमत भए नेतालाई– नेतालाई एयरफोन किनिदिनै पर्ने कुरा हो ।

नयाँवानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
0
Would love your thoughts, please comment.x
()
x