साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म के वर मागूँ !

Nepal Telecom ad

कठिन यात्रा गरेर
दुधे पाठो डोहोर्याउँदै पाथिभरा पुगेकै छु
“हे सिद्धकाली भगवती माई
मेरो सन्तानलाई दृष्टि देऊ”
वरदान मागेकै छु ।
दशैंमा टीका लाएर बुबाआमाले आशिर्वाद दिंदा
“हाकेताकेको पुगोस्
आस गर्नु नपरोस्
आस गरी आउनेको आस पूरा गरिदिन पुगोस्” भन्दा
गमक्क पर्ने गरेकै छु ।
तिहारमा
भँडारबाट मझेरी हुँदै पिंडीसम्म, तघारासम्म
आकर्षक रुपमा दियोहरू सजाएर, सल्काएर
तामाको खड्कुँलाबीच झलमल्ल बत्ती सल्काएर
त्यस वरिपरि भए–नभएका गरगहना–पैसा फिंजाएर
धनकी देवी, लक्ष्मीको अर्चना स्तुति गरेकै छु
“धनधान्यले परिपूर्ण बनाइदेऊ”
वरदान मागेकै छु
देउसे भैलेले
“ढुङ्गो छुँदा द्रब्यै होओस् ! माटो छुँदा अन्नै होओस् !”
भन्दै आसिक दिंदा
आसै आसले भरिएकै छु ।
वरदानको लालसी म
ठुलो खोलो तर्दा होस् कि
अलिक अजङ्गको वृक्ष देख्ता होस्
सिंदुर लागेको ढुङ्गो देख्ता होस् कि
धागो ध्वजा बेरेको लिङ्गो देख्ता होस्
यस्सो प्यागोडा शैलीको घर देख्ता होस् कि
चन्दन दलेको गेरुवाल पुरुष देख्ता होस्
मैले जम्ला हात गरेर धनधान्य माग्ने गरेकै छु ।
माग्दा–माग्दा माग्दा–माग्दा माग्दा–माग्दा
माग्न नै आफ्नो दिनचर्या जस्तै बनाउँदा पनि
त्यो गोरेको जति धनधान्य कहिल्यै भएन
त्यो कुइरेको जति धनधान्य कहिल्यै भएन
त्यो पल्ला घरे माथ्ला घरेको जति धनधान्य कहिल्यै भएन .
अहिले यस घडी एक भगवान आउँदैछन्
मलाई विश्वास छ,
तिनले दिएको वरदान छयात्छयाती लाग्छ पूरा हुन्छ
उनले भनेकै पनि छन्
“तिमी एउटा वर माग मात्र, म पुरा गरिदिन्छु”
अहा ती साक्षात् राम आउँदैछन् अयोध्याबाट
अहा ती साक्षात् कृष्ण आउँदैछन् गोकुलबाट
अहा ती त काशी, प्रयाग, गया, पुरी, बद्रीनाथ, केदारनाथको
सम्पूर्ण धामहरूको एकत्व शक्ति धारण गरेर आउँदैछन्
ती विश्वरुप धारण गरेर साक्षात् विष्णुु आउँदैछन्
यस घडी मेरो मन बरालिई रहेको छ
म के मागूँ अब ती साक्षात् भगवानसँग ?
जीउ फुलेर मन उत्ताउलिएर म बेचैन छु
फुरुक् फुरुक् भएको छु
के मागूँ के मागूँ भएको छु
यता यही चाहिएको छ, उता उही चाहिएको छ
चाहिएकै चाहिएको, चाहिएकै चाहिएको
एउटा ठुलो महल मागूँ ?
छोराछोरी जति अर्काकातिर भतुवा बसेका छन्
के काम छ र घर–कोठाको !
गाडी घोडा मागूँ ?
बाटो न घाटो के गर्नु कहाँ राख्नु !
धारो पँधेरो मागूँ कि कुलो पैनी मागूँ !
बीऊ बीजन मागूँ कि ओखतमुलो मागूँ !
ज्ञान मागूँ कि विज्ञान मागूँ !
कसलाई सोधूँ हँ अहिले म के मागूँ ?
के मागूँ म अहिले भगवानसँग ?
के मागूँ हँ ?
अहा ! अब म के मागूँ हँ ?

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुस राजा बारुद राजा

बुस राजा बारुद राजा

पुण्यप्रसाद खरेल
हुरी

हुरी

पुण्यप्रसाद खरेल
उठ ! जुरुक्क जुरुक्क उठ !

उठ ! जुरुक्क जुरुक्क...

पुण्यप्रसाद खरेल
महिषासुर ब्याउँछ

महिषासुर ब्याउँछ

पुण्यप्रसाद खरेल
‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

‘तपाईंको नाम के हो...

पुण्यप्रसाद खरेल
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x