ललिता ‘दोषी’लोकतन्त्रको फूल
लोकतन्त्रको फूल फुल्ला
हिमाल, पहाड, तराई मगमगाउला
लाउँला फूल म आफैँ
प्रियतमालाई पनि लगाउँला
नाचूँला हाँसूँला म
पहाडै थर्काउँला
बूढो आँखामा हर्षाश्रु बगाउँला
स्वर्णीम सपना मेरो
भत्कियो चर्कियो खोइ
फुल्न नपाउँदै फूल राम्री
कोपिलामै निमोठिन् कठै !
ऐया, आच्छु भन्दै
छटपटाउँपछिन् यतैउतै
पीडा देख्दा उनको
अश्रुधारा बग्छ पुनः
आजको दिन हिजोकोभन्दा
के कम छ तिमी आफैँ भन ?
उज्यालो देख्न लोकतन्त्रको
हाँसी–हाँसी चढाए बलिहरू
सन्नाटै–सन्नाटा छाएको छ
त्रस्त–त्रस्त छ अभैm मनहरू
न चयनको नीद दिन्छौ
न दिन्छौ शान्तिको सास फेर्नलाई
भक्कानो फुट्छ आज
सम्झेर ती क्षणहरू सबै
बाँचुन्जेल हाँसूँला भन्थेँ
रहर खरानीझैँ उड्यो सबै
स्वर्गमा गई के खबर दिऊँ
भन लोकतन्त्रको लागि मर्ने
मेरा सन्ततिहरूलाई ।
बुद्धनगर काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest







































