साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाँडो कार्ड

Nepal Telecom ad

छोरा छोरी बढ्लान्, पढ्लान्, कमाएर पाल्लान् भनेर
पढ्न पठाएको विदेशमा के के न होला भनेर
भए भरको कमाईलाई छ्यान छ्यानै गनेर
तीन जना नै पढेर बसे विदेशी नागरिक भएर ।

बाबा आमा आऊ तिमीहरू पनि भनेर
बोलाए हामीलाई पनि हरियो कागज (ग्रीन कार्ड) भिर्न भनेर
असाद्धे खुशी लाग्यो जीवन बन्ने भयो भनेर
त्यसैलाई भिरियो स्वेदेश परदेश गरिने भएर ।

यसपाली यता आएर भित्र पस्न खोज्दा
हुनु नहुनु भयो यहाँको ज्यानमारा नियम लाग्दा ।
एक दिन ढिलो भयो भनेर हप्काइमा परियो
ए भातमारा ! यही हो समय भनेर पो भनियो ।

सन्चो भएन ढिलो भयो आउन है हजुर !
औषधिको भारी बोकेर ल्याएको छु है जरुर,
छोरा छोरी सबै यतै, बस्न हामी सकेनौ स्वदेश
गरुङ्गो मन लिएर आएका हौँ है विदेश ।

काम गरेर कमाउने, कर तिर्ने, बेनेफिट पाउने
र खर्च गर्ने भनेर पो यो दिएको हो गनेर
हो, यो हरियो कागज (ग्रीन कार्ड), होइन कामचोरलाई यहाँनेर,
त्यसैले ए भातमारा ! के को लोभ लाग्यो तिमीलाई यहाँ ?
तिमीलाई किन बस्न दिने बिना काम यहाँ ?

धेरै भातमारा भातमारा न भन है ए ज्यानमारा !
मेरा सबै सन्तानहरूलाई चुसी सक्यौ तिमी नै हौ ज्यानमारा,
हामी पाकालाई बोझ ठान्छौ केहि सुबिधा नदिने तिमी
चुस्नसम्म चुस्ने हाम्रा सबै सन्तानलाई तिमी ।

हामी कहाँ जीवनभर काम गर वा नगर,
बृद्धभत्ता पाउँछन् आम्दानी गर वा न गर ।
तिमी भत्ता सत्ता दिन्नौ, हरियो कागज (ग्रीन कार्ड) भनेर के गर्छौ ?
सक्ने जति बाँच नसक्ने जति मर तिमी भन्छौ ।

यो कस्तो भालुको कम्पट भयो मलाई घाँडो कार्डले !
फालेर जाउँ भने पनि सबै सन्तानहरू अड्के यहीँको माडले ।
के गरौँ कसो गरौँ रोगी जिउ लिएर यहाँ ?
त्यसैले ए ज्यानमारा ! नभन भातमारा मलाई यहाँ !
मर्नै परे पनि म त मर्छु है आफ्नै देशमा ।

सन्तानहरू विदेसिने, स्वदेशमा हुतराम बैद्य जस्तै
एक्लो बाँचेर मर्छु बरु आफ्नै देशमा ।
जीवन भरको पसिना तेरै घाँडोमा झरोस् ।
जीवन भरिको असिना तेरै मरुभूमिमा परोस् ।
त्यसैले बाई बाई तेरो घाँडो कार्डलाई !
बाई बाई ज्यानमारा तिमीलाई ।
डिसेम्बर २१,२०१४
एरिजोना

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x