साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही ठोक्तकहरू

Nepal Telecom ad

१.
चाकडीको वीर्य धोकेर ए महाशय !
पक्षपातको भुँडी नबोके हुन्थ्यो
अजीर्ण भएर नजरानाले
स्वच्छताको हजमोला नखोके हुन्थ्यो
कोठा थुनेर बिरालोलाई नकुट्नु भन्छन् नि हजुर !
विवेकको दैलामा अब त ताल्चा नठोके हुन्थ्यो ।

२.
भ्रष्टाचारले यो मुलुक आक्रान्त भैसक्यो
सदाचारको बिऊ छिटै छरिदिनु पर्यो नि हुजुर !
भ्रष्टहरूका दिमागमा पसेर आफैँले
अनुशासनका कुरा भरिदिनु पर्यो नि हजुर !
म पनि त हजुरजस्तै स्वच्छ छविको मान्छे
एकपटक त भन्सारमा सरुवा गरिदिनु पर्यो नि हजुर !

३.
ग्यारेज बनाऊ घरको छेउ
नभए के भो र मोटर कार
झुण्ड्याइदेउ मूलढोकामै
‘कुकुरदेखि होसियार !’

४.
हेत्तेरिका !!!
के बिधि नातावाद मौलायो हँ यो देशमा !
यो लाजमर्दै कुरा भो
यस केटाको कामचाहिँ हुनैपर्छ है जेठानज्यू
यो मेरो भाइको सालाकी श्रीमतीको
आफ्नै मीतभाइको छोरा हो ।

५.
खुकुरी ठूलो भएर हुन्न हजुर
चाहिने त आखिर पाइन् हो
जुलुस भनेर नतर्सिनुस् नेताज्यू
त्यो त विदेश जानेहरूको लाइन् हो
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धा पुकार

वृद्धा पुकार

गणेश घिमिरे ‘मार्मिक’
यहाँ अख्तियारको चिन्ता 

यहाँ अख्तियारको चिन्ता 

गणेश घिमिरे ‘मार्मिक’
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x