साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्दैनन् काम नेताका पाखुराले

Nepal Telecom ad

हुने गर्छन् विवाद सानै कुराले हजुर
अरु भन्दा बढी सुन्दरी सुराले हजुर ।

नपर्नुस् है मख्ख गुलिया बचन सुनेर
गर्दैनन् काम नेताका पाखुराले हजुर ।

बोलेर मात्र हुँदैन कुनै काम अब यहाँ
न्याय पाउनु पर्छ अनाथ टुहुराले हजुर ।

ग्रसित बनाए देश विचारका रोगीहरूले
खै के सताउँछ भन्नु र त्यो दादुराले हजुर ।

कसैलाई दिलभित्र सजाउन सकिँदैन भने
के शोभा दिन्छ र सिन्दुर पोते–चुराले हजुर ।
शिवसतासी न.पा.– १, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिसाब गोलमाल

हिसाब गोलमाल

भिजन गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x