साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनावरको जगजगी

Nepal Telecom ad

मेरो खेत पसी धमाधम सबै बाली लुटेता पनि
मैंले बोल्नु हुँदैन बाँदरहरूलाई लुटेरा भनी
हे मेरो प्रभु भन्नुपर्दछ मिठो बोलेर जोडी कर
भन्नै हुन्न कदापि बाँदरहरूलाई तँ होस् बाँदर ।

गाईको बध होस् यहाँ जतिसुकै बाख्रा हराउन् भरे
मैले भन्नु हुँदैन बाघहरूले हत्या र हिंसा गरे
मारून् हाँस कठै अबोध कुखुरा सेता परेवाहरू
गर्नै हुन्न बिरोध चीलहरूले गर्छन् बितण्डा अरू ।

साँढे आपसमा लडेर जति नै बाच्छा मिचेता पनि
मैले बोल्नु हुँदैन चुँक्क मुखले बेठीक भो यो भनी
मेरो बुद्धि विवेक लौ न अब क्यै कामै नलाग्ने भयो
भन्थेँ बोल्न त सक्छु किन्तु अहिले आवाज सुक्दै गयो ।

ठूलै क्यान्सर रोगले ग्रसित भै मर्नै म आँटे पनि
भन्नै सक्दिन अङ्ग सङ्क्रमित यो काटेर फालौँ भनी
साथी छन् बलिया जनावरहरू दायाँ र बायाँतिर
रोजै लागिरहन्छ आक्रमणमा मारिन्छु भन्ने डर ।
लमजुङ, हाल– अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x