साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदर नृत्य

Nepal Telecom ad

जङ्गलमा बाँदरहरूले
एउटा नरिवल भेटे
र, नरिवल भेटेको खुसीयालीमा
बाँदरहरू
नाचे,
उफ्रे
अनि दङ्ग परे ।
नरिवल के हो चिन्न नसकेर
फेरि बाँदरहरू
दुःखी
निरास
र, विरक्त भए ।
बाँदरहरू नरिवल प्mयाँक्न थाले
कहिले उता
कहिले यता
कहिले माथि
कहिले तल ।
बाँदरहरूलाई थाहै भएन कि
उनीहरू के गरिरहेछन्
उनीहरू के खेलिरहेछन् ।
बाँदरहरूलाई रीस उठ्यो
र आपूm आफैमा झगडा गर्न थाले
एकले अर्कालाई आरोप प्रत्यारोप लगाउन थाले ।
र, बाँदरहरू नरिवल बोकेर
फेरि जङ्गलतिर नै दौडे
यतिन्जेल सम्ममा
जङ्गल शहरमा परिणत भैसकेको थियो
जहाँ मान्छेहरू
एक–आपसमा झगडा गरिरहेका थिए
उनीहरू पनि बाँदर नृत्यमा मग्न थिए
फरक यति मात्र कि
उनीहरूको हातमा नरिवल हैन
प्रजातन्त्र नामको भकुण्डो थियो ।
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x